प्रहरीले थाल्यो मनोपरामर्श

२०७२ जेष्ठ १९ गते, मंगलवार

काठमाडौं,१९ जेठ । आपराधिक क्रियाकलापमा संलग्नहरुलाई यस्ता गतिविधिबाट मुक्त गरी समुन्त समाज निर्माण गर्ने उद्देश्यले पूर्वी चितवनको ईलाका प्रहरी कार्यालय टाडीले मनोपरामर्श सेवा सुरु गरेको छ । मनोपरामर्श ३ चरण गरिने बताइएको छ । पहिलो चरणमा बालबालिकालाई कसरी र के कारणले यस्तो कार्यमा लागेको भने बुझ्ने, दोश्रो चरणमा बालबालिकाको घरमा गइ अभिभावकसँग बुझ्ने र तेश्रो चरणमा अभिभावक र बालबालिका दुबैलाई राखेर अन्तर्क्रिया गरिनेछ ।
‘रत्ननगर क्षेत्रमा भएका चोरी डकैतीमा बालबालिकाहरु बढे,’ इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक टिकाबहादुर कार्कीले भने, ‘कानुनअनुसार बालबालिकाहरुलाई मुद्दा चलाउन मिल्दैन त्यसैले उनीहरुलाई सम्झाइ बुझाइ गरी सुधार्ने उद्देश्यले यो अभियान थालेका हौं ।’
कार्यालयले रत्ननगर नगरपालिका वडा नम्बर १५ माधवपुर र वडानम्बर ११ जमुनापुर क्षेत्रमा १ लाख ५ सय २४ रुपैयाँ बराबरको गरगहना चोरीमा संलग्न १० देखि १४ बर्ष उमेर समुहका ७ जना बालबालिकालाई मनोपरार्शकर्ता भिमनारायण श्रेष्ठ मार्फत सेवा दिएको छ ।
यो सेवामा उद्योग वाणिज्य संघ रत्ननगरको बाल संरक्षण तथा बाल श्रम न्यूनिकरण कार्यक्रमका सदस्य निरज श्रेष्ठसहित प्रहरी अधिकारीहरुले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रियाहरु