खाडीमा महिला कामदार ल्याउने र पठाउनेलाई मोर्चाले कार्बाही गर्ने

२०७२ जेष्ठ १९ गते, मंगलवार

काठमाडौं, १९ जेठ । नेकपा माओबादी निकट जन प्रगतिशील मोर्चा कुवेतले अवैधानिक तवरले खाडीमा महिला कामदार ल्याउने र पठाउनेलाई कारबाही गर्ने भएको छ | खाड़ी लगायतका मुलुकमा सरकारले महिला कामदार रोक गरेको अवस्थामा अवैधानिक तवरले घरेलु महिला कामदारहरु दिनानु दिन भित्रिने गरेकाले माओबादी निकट जन प्रगतिशील मोर्चा कुवेतले ध्याकर्षण भएको जनाएको छ भने यस्ता कार्य जारी राखी बन्द नगराएको खण्डमा मोर्चाले पाटी मार्फत आवश्यक अनुसन्धान र अनुगमन गरी दलाल तथा मानब तस्करहरु तथा संलग्नलाई कडा भन्दा कडा कार्बाही गर्ने चेतावनी समेत दिएको छ |
कुवेत स्थित बिप्लब माओबादी निकट नेपाली जनप्रगतीसिल मोर्चाका अध्यक्ष राजन घिमिरे र महासचिब दिपक बिष्टले संयुक्त रुपमा हस्क्षतार गरी बिज्ञप्ति निकालेका छन भने | बिज्ञप्तिमा भनिएको छ देस एउटा भयानक दैविक प्रकोप र सोकाकुल घडीमा गुज्रीरहेको यो बिसम परिस्थितलाई केही दलाल तथा मानब तस्करहरुले नाजायज फाइदा उठाउदै भारतीय बाटो हुदै अबैधनीक तबरले खाडीका विभिन्न देसहरुमा घरेलु नेपाली महिला कामदारहरु आउदै गरेको जानकारी आएको हुदा सम्बन्धित निकायलाई कार्बाही वा यस्ता हर्कत रोक्न नेपाली जनप्रगतीसिल मोर्चा कुवेत हार्दिक अनुरोध गर्दछ ! अन्यथा यसलाई बेवस्था गरीए हाम्रो पाटी मार्फत आवश्यक अनुसन्धान र अनुगमन गरी दलाल तथा मानब तस्करहरुलाई कार्बाही गर्न अनुरोध गरिने छ |

प्रतिक्रियाहरु