पर्यटन बोर्डमा कार्यकारी प्रमुख नियुक्त हुदै

२०७२ जेष्ठ १७ गते, आईतवार

काठमाडौं, १७ जेठ । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्ने प्रक्रिया सुरु भएको पर्यटन बोर्डका अध्यक्षसमेत रहेका पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले जानकारी दिए । मुलुकको पर्यटन प्रवर्द्धन गर्ने निकाय पर्यटन बोर्ड लामो समयदेखि प्रमुख कार्यकारी अधिकृतबिहिन बन्दै आएको छ । ‘पर्यटन बोर्डको नियमावली संशोधन भइसकेको छ, खुला प्रतिस्पर्धाबाट सिइओ छनोट गर्ने बाटो खुलेको छ ।’ श्रेष्ठले भने- अब बोर्डले चाँडै सिइओ पाउनेछ, यसले निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।’पर्यटन बोर्डमा साँढे तीन वर्षदेखि सिइयो रिक्त हुँदा पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकणका कार्यक्रम प्रभावकारी हुनसकेको छैन । विसं २०६८ मंसिरबाट तत्कालीन सिइओ प्रचण्डमान श्रेष्ठले राजीनामा दिएपछि हालसम्म बोर्डले कार्यकारी प्रमुख पाउन सकेको छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु