भूकम्पसम्बन्धि एप सार्वजनिक

२०७२ जेष्ठ २ गते, शनिबार

काठमाडौं, २ जेठ । भूकम्पबारे सर्वसाधारणलाई जानकारी दिन खानी तथा भूगर्भ विभागले आज अलग्गै एप सार्वजनिक गरेकाे छ । विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका प्रमुख भुकम्पविद् लोकविजय अधिकारीका अनुसार ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामको एप शनिवार अपरान्ह उद्योगमन्त्री महेश बस्नेतले शुभारम्भ गरे । खानी विभाग उद्योग मन्त्रालअन्तर्गतको हो ।
एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले उक्त एप डाउनलोड गरी भूकम्पको सूचना लिन सक्ने अधिकारीले बताए । ‘४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जाने वित्तिकै त्यसमा अपडेट गर्नेछौं’, प्रमुख अधिकारीले ईकान्तिपुरसित भने, ‘सर्वसाधारणले क्षणभरमै मोबाइलम कत्रो र कहाँ केन्द्रविन्दु बनेर भूकम्प गयो भन्ने जानकारी लिन सक्नेछन् ।’
यस्तै केन्द्रले भुकम्पबारे जानकारी दिन १६१८०१४४१०१४१ नामको टोलफ्री (निःशुल्क) नम्बरसमेत ल्याएको छ । यो नम्बरमा डायल गरे उद्योगमन्त्री बस्नेतकै स्वरबाट भूकम्पको तथ्यांक थाहा पाउन सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार