दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा सवार सबैको मृत्यु

२०७२ जेष्ठ २ गते, शनिबार

काठमाडौं, २ जेष्ठ । बैशाख २९ गतेदेखि हराइरहेको अमेरिकी हेलिकप्टर दूर्घटनाग्रस्त अवस्थामा दोलखा र सिन्धुपाल्चोकको सिमानामा पर्ने घोर्थली गाविस र मार्मिङबीचको उच्च पहाडमा फेला परेको छ । कालिञ्चोक मन्दिरदेखि उत्तरपश्चिमको ११ हजार २ सय फिट अग्लो पहाडमा ठोक्किँदा हेलिकप्टरमा रहेका सबै आठ जनाको निधन भएको नेपाली सेनाले जनाएको हो ।
नेपाल प्रहरीले दुर्घटनास्थलको जानकारी पाएपछि उद्धारका लागि नेपाली सेनालाई खबर गरिएको थियो ।मृत्यु भएकाको शव काठमाडौं ल्याउने व्यवस्था हुँदै गरेपनि शवको पहिचान हुन नसक्ने अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ ।प्रतिकूल मौसमका कारण दूर्घटना भएको आशंका गरिएको छ । हेलिकप्टरमा नेपाली सेनाका दुई तथा ६ जना अमेरिकी मरिन सैनिक रहेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार