टेलिकमले सिष्टम अपग्रेड गर्ने

२०७२ बैशाख ४ गते, शुक्रबार

काठमाडौं ,४ वैशाख । नेपाल टेलिकमले जीएसएम पि्रपेड मोबाइलको बिलिङ सिष्टम अपग्रेड गर्ने भएको छ । कम्पनीले पुरानो सिष्टमलाई कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटिबी) सिष्टममा अपग्रेड गर्न लागेको हो । शुक्रबार बेलुका १० बजेदेखि शनिबार विहान ५ बजेसम्म सिष्टम अपग्रेड गर्न लागेको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन । यस अवधिमा पि्रपेड मोबाइलमा समस्या आउने सक्ने कम्पनीले जनाएको छ ।
‘३८ लाख जीएसएम पि्रपेड मोबाइलको सिष्टम माइग्रेट गर्न लागेका छौं’ प्रवक्ता वैद्यले भनिन- ‘सिष्टम परिवर्तन गर्दा ३८ लाख मोबाइलमा समस्या आउन सक्ने सम्भावना छ ।’ सिष्टम अपग्रेडको काम सम्पन्न भएपछि समस्या स्वतः हट्ने वैद्यले जानकारी दिइन् । टेलिकमले सार्वजनिक सुचना जारी गरेर ग्राहकलाई आइपर्ने समस्याको बारेमा जानकारी गराएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार