फेसबुकबाट पनि वैवाहिक सम्बन्ध विच्छेद गर्न अदालतको अनुमति

२०७१ चैत्र २८ गते, शनिबार

काठमाडौँ । अमेरिकाको एक अदालतले अनौठो फैसला सुनाएको छ । म्यानहटन राज्यको अदालतले ब्रुकलिनमा बस्ने एक नर्सलाई आफ्ना पतिसँग फेसबुकबाटै सम्बन्ध विच्छेद गर्न सक्ने अनुमति दिएको हो । टाइम म्यागजिनका अनुसार म्यानहटन सर्वोच्च अदालतका न्यायाधीश म्याथ्यु कमपुरले महिलालाई फेसबुकबाट सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउन अनुमति दिएका हुन् । यद्यपि यो फैसला आगामी दिनमा नजिर बन्छ कि बन्दैन भन्ने स्पष्ट छैन । एल्लानोरा बेदु नामकी २६ वर्षीया महिलाको भिक्टर सेना ब्लड (जराकूसँग सन् २००९ मा विवाह भएको थियो । तर ती पुरुषले महिलासँग परंपरागत विवाह गर्छु भनेर गरेको बाचा पुरा नगरेपछि बेदु रिसाएकी हुन् । ती पुरुषले महिलालाई छोडेर हिँडे र अहिले कहाँ छन् थाहा छैन । तर उनले फेसबुकबाट भने समय–समयमा सम्पर्क गर्ने गरेको पत्नीको भनाइ छ । अदालतमा दायर मुद्दा सुनुवाइका क्रममा ती पुरुषको स्थायी ठेगाना र कुनै कार्यालय नै नभएको पत्ता लागेपछि अदालतले उनलाई फेसबुकबाट सम्बन्ध विच्छेद गर्ने अनुमति दिएको हो ।
यसैगरी, ह्वाट्स्एप पछि अव फेसबुकले पनि नयाँ एण्ड्रोइड लञ्च गर्दै छ । क्वीक टाइम वेबसाइटका अनुसार यो एप निक्कै प्रभावकारी हुनेछ । किनकि यसमा फेसबुक र ह्वाट्स्एप एकै पटक चलाउन मिल्ने छ । ह्वाट्स्एपको कलिङ फिचर समेत फेसबुकका सबै सुविधा एउटै एपमा हुनेछन् । यसको तयारी अन्तिम चरणमा पुगेको उक्त वेबसाइटले जनाएको छ । फेसबुकले अव आफ्नो एपमा ह्वाट्स्एपलाई समेत स्थान दिने छ । फेसबुकले यो नयाँ फिचरको टेस्टिङ समेत शुरु गरिसकेको छ । शुरुवातमा फेसबुक एण्ड्रोइड भर्सन ३१.०.०.७.१३ मा ह्वाट्स्एपलाई समेत समावेश गरेर लञ्च हुने जानकारीमा उल्लेख छ ।
यसैबीच, सोसल नेटवर्किङ साइट फेसबुकले एक नयाँ फिचर सार्वजनिक गरेको छ जसले तपाइँलाई आफ्ना बितेका पलहरुको झल्को दिलाउनेछ । ‘अन दिस डे’ अर्थात् ‘आजको दिनमा’ नामको उक्त फिचरको माध्यमबाट प्रयोगकर्ताहरुले ठ्याक्कै आजको दिनमा अघिल्लो वर्षमा आपूmले फेसबुक वालमा के कुरा पोष्ट गरेको रहेछु ? भनेर देख्न पाउँछन् । फेसबुकले केही वर्षअघि देखिनै यस्तो फिचरको परीक्षण गरिरहेको भएपनि बल्ल यसलाई आधिकारिक रुपमा लन्च गरेको हो । यो फिचरका माध्यमबाट फेसबुक प्रयोगकर्ताले हरेक दिन ठ्याक्कै एक वर्षअघिका घटनाक्रमको अपडेट प्राप्त गर्नेछन् । यसमा आफैले गरेका स्टाटस अपडेट तथा आफैले शेयर गरेका तस्वीरका साथै आफुले शेयर गरेका साथीहरुका स्टाटस र आफुलाई ट्याग गरिएका सामग्रीहरु देख्न सकिनेछ । यसप्रकारले फेसबुकका प्रयोगकर्ताले आफ्ना बितेका यादलाई ताजा बनाउन सक्नेछन् । तर फेसबुकले नमीठा यादहरु भने ताजा गराइदिने छैन । पोहोर साल सम्बन्धमा रहेको तर अहिले ब्रेकअप फैसकेको मान्छेका मात्र होइन मृत्यु भैसकेको मान्छेसँग सम्बन्धित कुराहरुलाई समेत यो फिचरले देखाइदिने छैन । टेकक्रन्चका अनुसार यो यो फिचरबाट पैसा कमाउने उद्देश्य आपूmले नराखेको फेसबुकले दाबी गरेको छ । तथापि मानिसहरुलाई फेसबुकको न्यूज फिडसँग जोडिराख्ने र फेसबुकमै व्यस्त बनाइराख्ने योजना भने अवश्य पनि हो । यो फिचरको प्रयोग गर्नका लागि फेसबुक प्रयोगकर्ताले आफ्नो होमपेजको बायाँ भागमा रहेको अन दिस डे भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । त्यस्तै फेसबुकको सर्चमा गएर अन दिस डे लेखेर समेत सर्च गर्न सकिन्छ । त्यसरी आउने पेजमा एक वर्षअघिका कुरा देख्न सकिन्छ र त्यसलाई पुनः शेयर पनि गर्न सकिन्छ । उक्त पेजमा ‘गेट नोटिफिकेसन’ भन्ने अप्सन उपलब्ध छ । जसलाई साइन अप गरेर तपाइँले आफ्नो न्यूज फिडमा दैनिक रुपमा ‘इतिहासमा आज’ को नोटिफिकेसन पाउन सक्नुहुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार