हुवावेको जीएसएम र सीडीएमए सीम लाग्ने स्मार्टफोन

२०७१ चैत्र २० गते, शुक्रबार

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले जीएसएम र सीडीएमए सीम प्रयोग गर्न मिल्ने स्मार्टफोन बजारमा ल्याएको छ । नयाँ स्मार्टफोन नेपाली बजार सुहाउँदो रहेको कम्पनीको दाबी छ । स्मार्टफोनमा ५ इन्चको डिस्प्ले र १ जीबी र्‍याम रहेको छ । ४ जीबी आन्तरिक मेमोरी रहेको स्मार्टफोनमा माइक्रो एसडी कार्डमार्फत मेमोरी बढाउन सकिन्छ । यसमा १.२ गीगाहर्ज क्वार्डकोर प्रोसेसर रहेको छ । एन्ड्रोइड किटक्याट ४.३ भर्सनमा चल्ने यो स्मार्टफो नेपाली ग्राहकमाझ लोकपि्रय बन्ने कम्पनीको विश्वास छ । स्मार्टफोनको पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेल क्यामो रहेको छ ।
नेपालको भौगोलिक विविधतालाई मध्यनजर गरेर सीडीएमए नेटवर्क भएको स्थानमा सीडीएमए चलाउन सकिने र दुबै नेटवर्क उपलब्ध भएको स्थानमा दुबै नेटवर्कबाट कुराकानी गर्न सकिने छ ।
टेलि टू प्रालिका निर्देशक रोशन विष्टले जिएसएम र सिडिएम दुवै नेटवर्क प्रयोग गर्न सकिने स्मार्टफोन मध्येमा हुवावेको नयाँ स्मार्टफोन अब्बल रहेको बताए ।
स्मार्टफोनमा वाईफाई, ब्लूटूथ, ग्राभिटी सेन्सरलगायतका फिचरहरु पनि रहेका छन् । थ्रीजी सपोर्ट गर्ने यो स्मार्टफोनमा इभिडियो पनि प्रयोग गर्न सकिन्छ । यसमा २००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । नयाँ स्मार्टफोनको नेपाली बजारमा १६ हजार ५ सय रुपैयाँ तोकिएको छ । बजारमा सेतो र कालो रङमा उपलब्ध हुने स्मार्टफोनको खरिदमा कभर र स्टिकर निशुल्क उपलब्ध हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार