गभर्नरको नाम सिफारिस हुदै

२०७१ चैत्र ३ गते, मंगलवार

काठमाडौ, ३ चैत । नेपाल राष्ट्र बैंकको गर्भनर सिफारिस समितिले नामहरुलाई आज अन्तिम रुप दिने र भोलिसम्ममा सिफारिस गर्ने तयारी गरेको छ । अर्थमन्त्री रामशरण महत नेतृत्वको तीन सदस्यीय समितिले गरेको सिफारिसका आधारमा सरकारले गर्भनर चयन गर्नेछ । मन्त्री महत नेतृत्वको समितिमा पूर्व गर्भनर हिमालयशम्सेर राणा र अथविद् पार्थिवेश्वर तिमिल्सेना सदस्य छन । समितिका सदस्य तिमिल्सेनाले भोलिसम्ममा नाम सिफारिस गर्ने जानकारी दिए ।
गभर्नरका लागि पूर्व सचिव युवराज भुसाल, प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर गोपालप्रसाद काफ्ले, पूर्व अर्थसचिव रामेश्वर खनाल लगायतको नाम चर्चामा रहेको छ । तीनै नाम मध्यबाट सिफारिस हुनसक्ने तिमिल्सेनाले बताए । आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेपछि गर्भनर युवराज खतिवडाले बिहीबारदेखि अवकाश लिदैछन ।

प्रतिक्रियाहरु