नेकपा माओवादी गठन

२०७१ मंसिर १४ गते, आईतवार

काठमाडौँ । नेकपा – माओवादीबाट सम्वन्ध विच्छेदको घोषणा गरेका नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरेका छन् । हालै चितवनमा भेला सम्पन्न गरी विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन गरिएको हो । भेलाले विप्लवको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्दै आगामी पुस भित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरेको छ । नयाँ पार्टी गठन र त्यसको उद्देश्यबारे मंसिर १५ गते अर्थात भोलि अपरान्ह १ बजे रास्ट्रीय नाचघर जमलमा पत्रकार सम्मेलन गरि जानकारी गराउने वताइएको छ ।

प्रतिक्रियाहरु