नेपाली अधिकारकर्मी कतार सरकारको नियन्त्रणमा

२०७१ भाद्र २२ गते, आईतवार


काठमाडौ । नेपाली मूलका अधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरे कतारले सरकारले आफ्नो नियन्त्रणमा रहेको जनाएको छ ।कतारको विदेश मन्त्रालयले आफ्नो मुलुकको कानून उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । नेपाली कामदारको अवस्था अध्ययन गर्न नर्वेबाट कतारको राजधानी दोहा पुगेका उनीहरु एक सातादेखि बेपत्ता थिए ।
ग्लोबल नेटवर्क फर राईट्स एण्ड डेभलपमेन्ट ‘जीएनआरडी’ नामक एनजिओमा कार्यरत उनीहरूलाई गत सता सादा पोशाकका प्रहरीले होटलबाट पक्रेर लगेका थिए ।कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उनीहरुमाथि छानबिन भइरहेको र अवस्थाबारे बेलायतको परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको उल्लेख छ ।उनीहरु दुवै बेलायती पासपोर्टबाहक भएकाले खोजी गरिदिन बेलायती विदेश मन्त्रालयले अपिल गरेको थियो ।

प्रतिक्रियाहरु