नाडा अटो शो सुरु हुदै

२०७१ भाद्र १८ गते, बुधबार


काठमाडौं, १८ भदौ– गाडीहरुको प्रदर्शनी नाडा अटो शो काठमाण्डुको भृकुटी मण्डपमा आजबाट सुरु हुँदैछ । ६ दिनसम्म चल्ने शोमा साना ठूला गरी करिब सयवटा गाडीका स्टल छन् ।
सवारीसम्बन्धी सम्पूर्ण जानकारी जानकारी गराउने उद्धेयले मेला आयोजना गर्न लागिएको नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन नाडाले जनाएको छ । नाडाले पहिलोपटक सन १९९८ मा भृकुटीमन्डपमा मेला आयोजना गरेको थियो ।
मेलामा मोटरसाइकलदेखि गाडी तथा स्पेयर पार्टस उपलब्ध हुनेछन् । मेलामा १२ ब्रान्डका २ पांग्रे र ११ ब्रान्डका २ पांग्रे सवारी साधन राखिने छ ।
मेलामा अधिकांश सवारी साधन बिक्रेता कम्पनीले नयाँ गाडी राख्ने भएका छन् । विश्व प्रसिद्ध विभिन्न गाडी कम्पनीका आधिकारिक विक्रेताहरुले शोका लागि गाडी भित्र्याइसकेका छन् ।
शोमा दाइहात्सु, फियाट, फोर्ड, होण्डा, हुण्डाई, किया, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागेनलगायतका ब्रान्डका नयाँ तथा आधुनिक सवारी साधन प्रदर्शनीका लागि राखिने जनाइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार