एटिएमवाट खानेपानी !

२०७१ श्रावण १७ गते, शनिबार


काठमाडौँ । सामान्तयाः अटोमेटिक ट्रेलर मेसिन -एटिएम) मा स्मार्टकार्ड घोच्दा पैसा निस्कन्छ । एटिएमबाट पानीको तिर्खा पनि मेटाउन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, भारतमा जनतालाई सस्तो र शुद्ध पानी उपलब्ध गराउन सरकार र गैरसरकारी संस्थाले यस्तो परियोजना लागू गरेका छन् । यसबाट हरेक दिन १ हजार व्यक्तिले २० लिटर पानी खरीद गर्न सक्छन् । प्रतिलिटर १५ पैसा तोकिएको पानी १ सय तिरेर स्मार्टकार्ड बनाई एटिएमबाट निकाल्न सक्ने व्यवस्था गरिएको छ । स्वच्छ पानी प्रयोग गर्नबाट काकाकुल बनेको दिल्लीमा राहत प्रदान गर्ने सेवा प्रदायकहरूको ठहर रहेको छ । अहिले १२ ‘वाटर एटिएम’ सञ्चालनमा आएको ‘पाइलट प्रोजेक्ट’लाई ५ सय ठाउँमा राख्ने लक्ष्य रहेको दिल्ली जल बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु