सेतो काग भेटियो

२०७१ असार २९ गते, आईतवार


काठमाडौं । कीर्तिपुरमा दुई वटा सेता काग फेला परेका छन् । हुर्कन लागेका ती सेता काग अरु ठूला काला कागकोभन्दा रुप रंग र आनिबानीमा फरक पाइएको छ । कीर्तिपुरमा स्थानीय वासिन्दाका लागि सेता काग आकर्षण बनेको छ ।यी सेता काग अरु बच्चा र माउहरुसँग उडेको देख्न सकिन्छ । प्राणी शास्त्रविद डाक्टर तेजकुमार श्रेष्ठका अनुसार यि सेता काग लिउसिटिक जातका हुन् । नेपालमा सेता काग विरलै पाउने श्रेष्ठको भनाइ छ ।२८ वर्षअघि कुलेश्वर महादेव मन्दिर परिसरमा पनि सेतो काग फेला परेको थियो । सेता काग बढी प्रदुषण र सहरीकरण भएका ठाउँमा पाइने गरेकाले अध्ययन गर्नुपर्ने विशेषज्ञहरुको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु