देशभर मनसुन सक्रिय, अब केही दिन पानी पर्ने

२०७१ असार २० गते, शुक्रबार


काठमाडौ, असार २० – लामो समय निष्क्रिय भएको मनसुन देशभर सक्रिय भएको छ ।बिहीबारदेखि मनसुन सक्रिय भएको मौसमविद सुवास रिमालले बताए । पश्चिमी क्षेत्रमा समेत मनसुनको प्रभाव देखिएको उनले बताए ।१० दिन ढिलो गरी दुई हप्ता पहिले पूर्वबाट प्रवेश गरेको मनसुन पश्चिमी क्षेत्रमा पुगेको थिएन । पश्चिमी वायुको प्रभाव नहटेकाले पश्चिमी क्षेत्रमा मनसुन प्रवेशमा ढिलाई भएको हो । अहिले पश्चिमी वायुको प्रभाव कम भएकाले देशैभर मनसुन सक्रिय भएको रिमालले भने ।उनका अनुसार अब केही दिन देशैभर भारी वर्षा हुनेछ । भारतको पश्चिम बंगाल र झारखण्ड क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएकाले नेपालमा पानी पार्न यसले मद्दत पुर्याउने रिमालले बताए । शुक्रबार मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार