पहिलो यन्त्रमानव समाचारबाचिका सार्वजनिक

२०७१ असार ११ गते, बुधबार


काठमाडौँ ।जापानी वैज्ञानिकहरूले मङ्गलबार प्राकृतिक मानव जस्तो देखिने, सही भाषा बोल्ने तथा त्यसलाई मिल्दो मनोविनोद क्षमता भएकी यन्त्रमानव (एन्ड्रोइड) समाचारबाचिका सार्वजनिक गरेको छ र उनी यस प्रकारको विश्वकै पहिलो समाचारबाचिका भएको दाबी गरेका छन् ।
यी समाचारबाचिकाको नाम कोदोमोरोइड रहेको छ र यस शब्दले कोदोमो (बाल) र एन्ड्रोइड भन्ने शब्दको समास भन्ने बुझाउँछ । यी समाचारबाचिकाले टोकियोमा एक भूकम्प तथा एफबीआईले गरेको छापा मार्ने कार्यका विषयमा समाचार पढेकी थिइन् ।
कार्यक्रममा उनले आफ्ना सर्जक प्राध्यापक हिरोसी इसिगुरोलाई ‘‘तपाईं त एउटा रोबोट जस्तै देखिनु भयो त ?’’ भनी हाँसो समेत गरिन् ।
कार्यक्रममा कोदोमोरोइडलाई अर्को एक रोबोटले जिस्क्याउन पुगेको थियो र उसले उनको परिचय पनि सोधेको थियो ।
‘ओटोनारोइड’ – ‘म अलिकति डराएँ’ । उनले उक्त रोबोटलाई भनिन् । यहाँ ‘ओटोना’को अर्थ वयस्क भन्ने लाग्छ ।
यी दुबै एन्ड्रोइडले टोकियोस्थित नेसनल म्युजियम अफ इमर्जिङ साइन्स एण्ड इन्नोभेसनमा रहेर इसिगुरोको मानवको यन्त्रसँग अन्तरक्रियासम्बन्धी अध्ययनका लागि तथ्याङ्क सङ्कलन गर्न आगन्तुकसँग अन्तरक्रिया गर्नेछन् ।
इसिगुरोले मानिसको जीवनमा भविष्यमा थप रोबोट आउने बताउनुभयो । उहाँले व्यक्तिले चाहेमा यस रोबोटको शरीर सुटकेसमा तथा टाउको हाते झोलामा राखेर विमानबाट अन्यत्र लैजानसक्ने बताउनुभयो ।
इसिगुरोले आफ्नै प्रतिलिपिको एन्ड्रोइड बनाउनुभएको छ र उहाँ त्यसलाई विदेशमा भाषण दिन पठाउनुहुन्छ ।
उहाँका अनुसार यसले उहाँको यात्रा–समय घटाएको छ । उहाँले प्रविधिको विकासले रोबोट मानव जस्तै देखिने, काम गर्न सक्ने बनाउने र त्यसले मानवलाई आफ्नो मूल्यको विषयमा सोच्न बाध्य बनाउने बताउनुभयो ।
कोदोमोरोइडले सङ्ग्रहालयमा विज्ञानका विषयमा जानकारी दिने नयाँ भूमिका आरम्भ गर्नु अगाडि ओटोनारोइडले उनको जिब्रो, घाँटी आदिको तार परीक्षण गरेको थियो ।
इसिगुरोले यी दुबै यन्त्रमानव यस सङ्ग्रहालयमा आफ्नो अनुसन्धानका लागि मूल्यवान प्रमाणित हुने बताउनुभयो । यहाँ आगन्तुकले यी दुई यन्त्रमानवसँग कुराकानी गर्नेछन् र आफनै लागि उनीहरूको उपयोग गर्न प्रयास गर्नेछन् ।
प्राध्यापक इसिगुरोले यसले मानव के हो भन्ने प्रश्नमा खोजी गर्न महत्वपूर्ण सामग्री उपलब्ध गराउने बताउनुभयो । उहाँले रोबोट बढ्दो रूपमा चलाख बनुन् भन्ने चाहना राखिएको बताउनुभयो ।
सफ्टब्याङकले तयार गरेको घरेलु सहायक नामक मानवरोबोट आउँदो वर्ष दुई हजार अमेरिकी डलरमा जापानी बजारमा आउने भएको छ । उक्त रोबोटलाई गत यस महिनाको आरम्भमा सफलतासाथ प्रस्तुत गरिएको थियो ।
इसिगुरोले यो ल्यापटपको मूल्य बराबर भएको बताउनुभयो ।
हाल मानव र मेसिनबीचको रेखा बिस्तारै धमिलो हुँदै गएको छ । इसिगुरोको समाचारबाचकले उसका मानवसमकक्षीबीच अचम्मलाग्दो तरिकाले आफूलाई प्रस्तुत गरेका छन् । कोदोमोरोइडले आफूले भविष्यमा आफ्नै टीभी कार्यक्रम सञ्चालन गर्न चाहेको बताइन् । एएफपी

प्रतिक्रियाहरु