कालिमाटीमा विषादी जाँच उपकरण

२०७१ असार ४ गते, बुधबार


काठमाडौ, ४ असार ।तरकारी र फलफूलमा विषादी राख्ने क्रम बढेपछि सरकारले नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने भएको छ । विषादीका कारण मानव स्वास्थ्य र वातावरणमा असर पुग्ने भएकाले यसलाई निरुत्साहित गर्ने अभियान तीव्र पारिएको हो । यसै क्रममा बाली संरक्षण निर्देशनालको आयोजनामा काठमाडौको कालिमाटी तरकारी बजारमा बुधबार विषादी जाँच उपकरण राखिएको छ ।
देशमै पहिलोपटक द्रूत विषादी अवशेष विश्लेषण प्रयोगशाला स्थापना गरिएको निर्देशनालयले जनाएको छ । तरकारी र फलफूलमा विषादीको मात्रा कति छ भनेर प्रयोगशालामा जाँच गरिन्छ ।मानव स्वास्थ्यमा असर पुग्नेगरी विषादी राखिएको भेटिएमा त्यस्ता तरकारी र फलफूलको विक्रीवितरणमै रोक लगाइने निर्देशनालयले जनाएको छ । कालिमाटीमा राखिएको प्रयोगशालाको प्रभावकारिता हेरेर देशका अरु ठाउँमा पनि विस्तार गर्ने तयारी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार