यो कस्तो प्रेम ?

२०७१ जेष्ठ २४ गते, शनिबार

काठमाडौँ । संसार पनि विचित्र कै छ । हामीले विभिन्न प्रेम कहानी सुनेका छौ र देखेका पनि छौ । तर यो अलि फरक खालको प्रेम कहानी हो । एक जना ३१ वर्षीय युवकले ९१ वर्षीया हजुरआमा समानको महिलासँग प्रेम गरेर सबैलाई चकित पारेका छन । जर्जियाका एक युवकले पेन्सन पाकिसकेकी एक ९१ वर्षीया वृद्धासँग प्रेमसम्बन्ध राखेर सबैलाई अचम्ममा पारेका हुन । विगत ५ वर्षदेखि यी वृद्धासँग अफिएरमा छन । उनीहरुबीच सेक्स पनि हुन्छ । यी युवाले आफ्नो उमेर समुहका कुनै युवती मन नपर्ने बताएका छन । उनले आफुभन्दा धेरै वर्षले जेठी महिलाले मात्र आफुलाई आकार्षण गर्न सक्ने बताए । उनले यी वृद्धा प्रेमीकासँग किस गरेको सिन यहाँ फोटोमा पनि देख्न सकिन्छ ।
यतिमात्र होइन यी पुरुषले आफ्नी ९१ वर्षीया प्रेमीकालाई आफ्नी आमासँग भेट गराउन पनि ल्याए । उनकी आमा ५० वर्षकी मात्र भइन । उनीहरुको उमेर ग्याप ६० वर्षको छ । उनीहरुको अन्तर ६० वर्षको भएपनि एक्टिभ सेक्स लाइफ भएको बताए । ३१ वर्षीय प्रेमी केलीले भने सबैको दिमाग फरक हुन्छ । कसैलाई गोरी मनपर्छ, कसैलाई काली मनपर्छ त मलाई बुढी महिला मन पर्छ । उनी कल सेन्टरमा जबदेखि काम गर्न थाले तब उनी १८ वर्षका थिए त्यतीवेला देखिनै उनलाई बुढी महिला मन पथ्र्यो र उनले ५० वर्षीया महिलासँग १८ वर्षकै उमेरमा सेक्स गरेका थिए । उनी प्राय ६० देखि ८० भित्रका महिलासँग मात्र आकर्षित हुन्छन । – डेली मेल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु