अब औंठाछाप लगाएको मिति समेत पत्ता लगाउन सकिने

२०७१ जेष्ठ २२ गते, बिहीबार


काठमाडौँ ।नेदरल्यान्डका प्रमाण विज्ञानका विशेषज्ञहरूले व्यक्तिको औँलाको छाप कुन मितिमा लागेको हो भन्ने थाहा पाउन सकिने विधि पत्ता लगाएका छन् ।यसले अपराधको घटना भएको स्थानमा फेला परेका यस्ता छापको प्रमाणिकतालाई अझै सहयोग गर्ने अनुमान गरिएको छ ।डच फोरेन्सिक इन्स्टिच्युटका मार्सेल डी पुइटले यो प्रमाण विज्ञानका लागि निकै महत्वपूर्ण खोज भएको बताए । उनले यो यस प्रकारको पहिलो ज्ञान भएको पनि उल्लेख गरे ।उनले प्रहरीले आफूहरूलाई घटनास्थलमा फेला परेका औँलाका छाप कहिले लागेको हो भन्ने पत्ता लगाउन सकिन्छ कि सकिँदैन भनी प्रश्न गर्ने गरेको बताए ।यसरी औँलाको छापको मिति पत्ता लगाउँदा आशङ्कित व्यक्ति घटनास्थलमा भए वा नभएको तथा अनुसन्धानका लागि कुन औँलाको छाप सम्बन्धित हुने विषय निर्धारण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।कुनै पनि सतहमा छोडिएको औँलाको छापलाई प्रहरीसँग रहेको तथ्याङ्क भण्डारमा भिडाउन सकिन्छ । यो विधि सन् १९०० को आरम्भमा पत्ता लागेको हो । यस्ता छाप व्यक्तिको पसिना तथा चिल्लो पदार्थबाट बन्ने गरेका बताइएको छ । यसमा व्यक्तिको शरीरको कोलेस्ट्रोल, एमिनो एसिड र प्रोटिन रहने गरेको बताइन्छ ।

डी पुइटले यी औँलाको छापमा रहेका यी रासायनिक पदार्थमा विश्लेषण गर्न सकिने र यी रसायनले औँलाको छापको मिति पत्ता लगाउन सहयोग गर्ने बताए । डी पुइटले यसअघि यस कुराका लागि रसायनको अनुपातमा भन्दा त्यसको मात्रामा ध्यान दिइएकाले मिति पत्ता लगाउने कार्य असफल भएको बताए ।
उनले औँलाको छापको वरपरको तापक्रमणले त्यसको खिइनेक्रमका प्रभाव पत्ता लगाउन सक्ने र प्रमाण विज्ञानका विशेषज्ञले एक वा दुई दिनमा त्यसको मिति पत्ता लगाउनसक्ने बताए – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार