नोकिया मोबाइलको नयाँ मोडल भित्रियो

२०७१ जेष्ठ १८ गते, आईतवार

काठमाडौं । प्रख्यात मोबाइल निर्माता कम्पनी नोकियाले एन्ड्रोइड र विन्डोज भर्सनका दुईवटा मोडल नेपाली बजारमा भित्राएको छ । कम्पनीले शुक्रबार राजधानीमा भव्य समारोहकाे आयोजना गरी ‘नोकिया एक्सएल’ र ‘लुमिया ६३०’ मोडल सार्वजनिक गरेको हो ।
नोकिया एक्सएल एन्ड्रोइड भर्सनको मोबाइल हो भने लुमिया ६३० विन्डोज भर्सन भएको मोबाइल हो । नेपाली बजारमा ‘एक्सएल’को अधिकतम मूल्य १७ हजार ५ सय रुपैयाँ र ‘लुमिया ६३०’को १७ हजार ६ सय ३० रुपैयाँ तोकिएको छ ।
नेपालमा नोकिया मोबाइल नियोटेरिक नेपाल र प्यारामाउन्ट इलेक्ट्रोनिक्स प्रालीले आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएका छन् । नयाँ मोडलले नेपाली ग्राहकहरुको मन जित्न सफल हुने कम्पनीले विश्वास लिएको छ ।
लुमिया ६३०
नोकिया लुमिया ६३० मोडल क्वार्ड कोर प्रोसेसर भएको बहुचर्चित स्न्यापड्रयागन ४०० चिपसेटद्धारा सञ्चालन हुन्छ । यो मोबाइल विन्डोज ८.१ सिष्टमबाट चल्ने कम्पनीले बताएको छ ।
४.५ इन्चको १६एम-कलर क्लियर ब्ल्याक आइपीएस एलसीडी डिस्प्ले रहेको यो मोबाइलमा ५ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । यसमा ५१२ एमबी र्‍याम र ७ जीबीसम्मको निःशुल्क माइक्रोसफ्ट स्काईड्राइभ स्टोरेज रहेको छ ।
लुमिया ६३० मोडलमा ८ जीबीसम्मको मास मेमोरी रहेको छ । जसलार्इ माइक्रो एसडी कार्डद्धारा बढाएर १२८ जीबीसम्म विस्तार गर्न सकिन्छ । नेपाली बजारमा यो मोडल ग्रीन, ब्राइट, रेड, क्यान, एल्लो, ब्ल्याक र हृवाइट कलरमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।
एक्सएल
नोकिया एक्सएल एन्ड्रोइड स्मार्टफोन हो । यो मोडलमा ७६८ एमबी र्‍याम रहेको छ भने ४ जीबीसम्मको मास मेमोरी रहेको छ । जुन मेमोरीलाई माइक्रो एसडी कार्डद्धारा बढाएर ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ ।
यसमा ५ इन्चको १६एम-कलर आइपीएस एलसीडी डिस्प्ले रहेकेा छ भने ५ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । एक्सएल इन्ड्रोइड नोकिया एक्स १.० यूआई र डुअल कोर प्रोसेसर भएको क्वालकम स्न्यापड्रयागन एसफोर एमएसएम ८२२५ चिपसेटद्धारा सञ्चालन हुने बताइएको छ ।
इसमा २००० एमएएच क्षमताको ब्याट्रि रहेको छ । जसले गर्दा अधिकतम १३ घण्टासम्म कुरा गर्न र अधिकतम ३७ घण्टासम्म म्युजिक सुन्न सकिन्छ । एक्सएल १९० ग्रामको हुँदा हुलुका समेत रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार