मोबाइल हरायो ? नडराउनुस् ! फोनले चोरको फोटो खिचेर पठाइदिन्छ

२०७१ जेष्ठ १७ गते, शनिबार


काठमाडौँ । मोबाइल चोरिनु संसारभरि नै निकै ठूलो समस्या बन्दै गएको छ । सन् २०१३ मा अमेरिकामा मात्र करिब ३० लाख मोबाइल सेट चोरी भएको रिपोर्टबारे हामीले तपाईंलाई बताइसकेका छौँ । यो डरलाग्दो समस्याबाट जोगिन मोबाइल सुरक्षासँग सम्बन्धित धेरै कम्पनीहरुले काम गरिरहेका छन् । स्वयं स्मार्टफोन उत्पादकहरुले पनि यसबारे गृहकार्य गरिरहेका छन् । तर, मोबाइल एप्स निर्माताहरुले भने केही रोचक फिचरसहित यस्ता एप्स र्सार्वजनिक गरिरहेका छन् । यदि तपाईको स्मार्टफोन वा ट्याबलेट चोरी भयो भने खोजीका लागि धेरै चिन्ता गरिरहनुपर्दैन, किनभने तपाईको स्मार्टफोनले चोरको फोटो खिचेर तपाई समक्ष पठाउँछ । लुकआउट एप्सको प्रिमियम भर्सन एप्सले यस्तो अनौठो सुबिधा ल्याएको हो । यसमा रहेको थेफ्ट अलर्टसिस्टमले तपाईको मोबाइल फोन कुन लोकेसनमा छ भन्ने पत्ता लगाई चोरको तस्वीरसमेत खिच्नेछ । तपाईको फोन चोरेर लगेपछि चोरले स्त्रिन लक अन गर्नासाथ फोनको अघिल्लो भागमा रहेको क्यामेराले चोरको फोटो खिचेर तपाईको इमेलमा पठाउने छ । एप्सको निर्माताले भनेका छन्- तपाईले यो तस्वीर प्रहरीलाई दिएर चोर पक्रन सक्नुहुन्छ ।’ लुकआउटको प्रिमियम भर्सनका लागि ग्राहकले हरेक महिना ३ डलर र बाषिर्क ग्राहक बस्दा ३० डलर तिर्नुपर्छ । एप्समा यो सेवा लिएपछि कसैले फोनको स्त्रिmन खोज्दा, सिम निकाल्न खोज्दा वा एरोप्लेन मोडमा राख्न खोज्दा सम्बन्धित इमेलमा अलर्ट गर्ने छ । तत्कालका लागि यो सेवा एन्ड्रोइड स्मार्टफोनमा मात्र उपलब्ध छ । एप्पल फोनले एप्समार्फ् अग्रभागको क्यामेरा कन्ट्रोल गर्ने अधिकार नदिएका कारण आइफोनमा यो सुबिधा दिन नसकिएको निर्माताले बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार