नेपालीको आविष्कार ड्राइभर निदाए आफै ब्रेक लाग्ने उपकरण

२०७१ जेष्ठ १२ गते, सोमबार


काठमाडौँ । कैलालीका विद्यार्थी सुमन पौडेलले गाडीको चालक निदाउँदा आफैं ब्रेक लाग्ने उपकरण आविष्कार गरेका छन् ।पहलमानपुरका विद्यार्थी पौडेलले गाडीको चालक निदाउँदा ’अटोमेटिक’ ब्रेक लाग्ने काइचो गाडी नियन्त्रण प्रणाली (केभीपीएस) आविष्कार गरेका हुन् ।उनले यो उपकरण प्रयोगले चालक निदाएर हुने दुर्घटना कम गर्न सहयोग पुग्ने र नेपालमा यस्तो प्रविधिको पहिलो आविष्कारक रहेको दाबी गरेको छ । उनले भने–’केभीपीएस प्रयोग भएको गाडीका चालकले आँखा चिम्लिनेबित्तिकै ‘सेन्सर’को सहायताले गाडीको ब्रेक आफैं लाग्नेछ । ब्रेक झ्याप्पै र विस्तारै कसरी लगाउने त्यो व्यवस्था उपकरणमा छ ।’
यो उपकरण प्रयोगले दुर्घटना कम हुने दाबी गर्दै यसले बढीमा सात सेकेन्डसम्म गाडीमा ब्रेक लगाउने पौडेलले बताए । उनले भने, ‘ब्रेक लागेपछि आगी आफैं बन्द हुनेछ र दुर्घटना हुनबाट जोगिन सक्नेछ ।’लामो दूरीमा सञ्चालन हुने बढीजसो गाडी दुर्घटना चालक निदाएर हुने गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार