सीसीटिभीबाट निगरानीसीसीटिभीबाट निगरानी

२०७१ जेष्ठ ७ गते, बुधबार


काठमाडौं,७ जेठ ।ललितपुरका ४६ वटा विभिन्न स्थानमा सीसीटिभी जडान गरि गतिविधिहरूको निगरानी थालिएको छ । उद्योग वाणिज्य महासंघको सहयोगमा महानगरी प्रहरी परिसरले सीसीटिभी जडान गरी निगरानी सुरु गरेको हो । जावलाखेलका प्रहरी उपरीक्षक (एसपी) घनश्याम अर्यालका अनुसार जावलाखेल, कुपन्डोल, मानभवन, लगनखेल, मंगलबजार, हरिहर भवन, सातदोबाटोलगायत १२ स्थानमा सीसीटिभी जडान गरिएको छ ।
ललितपुरका ४६ वटा विभिन्न स्थानमा जडान योजना रहेको अर्यालले बताए । ललितपुरका सम्भावित आपराधिक गतिविधि हुने स्थानमा निगरानी बढाइएको उनले जनाए । ‘बढी चहलपहल हुने र संवदेनशील क्षेत्रमा निगरानी केन्दि्रत गरेका छौं,’ एसपी अर्यालले भने । सबै सीसीटिभीको परिसर कन्ट्रोलरुमबाट निगरानी भइरहेको छ । उनका अनुसार सीसीटिभी रहेको स्थानकै आसपासमा सीआरभी टोली समेत खटिनेछ । जडान गरिएको स्थानमा कुनै आपराधिक गतिविधि भए खटिएको टोलीलाई त्ात्काल सम्पर्क गरी नियन्त्रणमा लिन सकिने आर्यालले बताए । कन्ट्रोल रुममा दुई जनालाई २४ सै घन्टा खटाएको छ । कन्टोलरुममा खटिनेले घन्टाघन्टामा सीसीटिभीको रेकर्डसहित समीक्षा गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार