बिद्यार्थीका लागि टेलिकमको नयाँ अफरबिद्यार्थीका लागि टेलिकमको नयाँ अफर

२०७१ जेष्ठ ५ गते, सोमबार


काठमाण्डौ, ५ जेठ। नेपाल टेलिकमले बिद्यार्थीलाई लक्षित गर्दै १ सय रुपैयाँमा एक सयकै टक टाइम रहेको सिमकार्ड उपलब्ध गराइरहेको छ । बैशाख २५ गतेदेखि एक हप्ताका लागि सुरु भएको यो अफरलाई नेपाल टेलिकमले अतिरिक्त १० दिन विस्तार गरेको छ । बिद्यार्थीले अब जेठ १० गतेभित्र यो अफर अन्तरगत १ सय रुपैयाँमा सीम किनेर एक सय रुपैयाँकै कल गर्न सक्नेछन् । जीएसएम प्रिपेड मोबाइलमा मात्र लागू गरिएको यो अफरमा सहभागी हुन बिद्यार्थीले आफ्नो परिचयपत्र, नागरिकता र नागरिकता नभए अभिभावकको नागरिकता लिएर नजिकको नेपाल टेलिकमको कार्यालयमा जानुपर्ने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार