नेपालको सगरमाथाबारे कोलम्बियामा बहस

२०७१ जेष्ठ २ गते, शुक्रबार


काठमाडौं, २ जेठ । नेपालको सगरमाथाबारेमा कोलम्बियामा बहस भएको छ । दर्ुइपटक सगरमाथाको सफल आरोहण गरेका कोलम्बियाली नागरिक जुआन पाब्लो रुइजले लेखेको एभरेष्ट नामको पुस्तकको र्सार्वजनिकीकरण कार्यक्रममा नेपालको प्राकृतिक सुन्दरता र सगरमाथाका बारेमा बहस भएको हो ।
सन् २००१ र २००७ मा सगरमाथाको सफल आरोहण गरेका रुइजले नेपालको प्राकृतिक सुन्दरता र सगरमाथा आरोहणका क्रममा अनुभुति गरेका रोचक पक्षहरुको पुस्तकमा वर्ण्र्ाा गरेका छन् । रुइज सन् २०१० मा पनि सगरमाथा चढ्ने प्रयास गरे पनि बीच बाटोबाटै र्फकनु परेको थियो । पुस्तकमा सगरमाथाका साथै विश्वका अन्य मुख्य मुख्य समिटका बारेमा समेत चर्चा गरिएको छ ।
रुइजले लेखेको उक्त पुस्तक कोलम्बियाको एपोपेया संस्थाले कार्याक्रमको आयोजना गरी राजधानी बोगोटा डिसीमा र्सार्वजनिक गरेको हो । एपोपेया कोलम्बिया संस्थाका संस्थापक सदस्य समेत रहेका लेखक जुआन पाब्लोको नेतृत्वमा सन् २०१० मा कोलम्बियन नागरिकहरुको एक टोली सगरमाथा आरोहणमा लेखक जुआन पाब्लो शिखरमा पुग्न सकेनन् । बरु उनको टोलीमा रहेका शारिक रुपमा अपांग रहेका नेल्सन कार्र्डोना भने सगरमाथा चढ्न सफल भए । पुस्तकमा जुआनले यी सबै कुराहरु उल्लेख गरेका छन् ।
२४७ पृष्ठको उक्त पुस्तक स्पेनिश भाषामा लेखिएको छ । पुस्तक र्सार्वजनिकीकरण कार्यक्रममा कोलम्बियाका पर्ुव वातावरण मन्त्री मानुएल रोद्रगेज बेसर्ेरा प्रमुख अथिती बनाइएका थिए । उनले कार्यक्रममा पुस्तकका बारे टिप्पणीसमेत गरेका थिए । त्यसैगरी स्वीटजरल्यान्डका नागरिक मोर्रिस कार्यक्रमका विशिष्ट अथिति थिए ।
कार्यक्रममा लेखक जुआनले आफ्नो सगरमाथा आरोहणका अनुभव सुनाएका थिए । उनले नेपालको प्राकृतिक मनोरम दृश्यले आफुलाई निकै मोहित बनाएको भन्दै नेपालीहरुको स्वागत, सत्कार कहिले पनि भुल्न नसकिने बताए । साथै उनले सगरमाथा आरोहणमा सहयोग गर्ने हिमाली भेकका शर्ेपाहरुलाई सम्भिmए । आफुलाई सहयोग गर्ने दोर्जी च्यान्जी शर्ेपाको हिम पहिरोमा परी देहावसान भएको खबरले निकै दुःखीत भएको उनले सुनाए । सगरमाथामा हालै गएको हिमपहिरोको खबरले आफु लगायत आफ्नो सम्पर्ुण्ा एपोपेया टिम स्तब्ध रहेको उनले बताए ।
सो क्रममा उनले नेपाल र कोलम्बियाका बीच धेरै कुरा समान पाएको बताए । साथै उनले नेपाली दाल र भातको पनि प्रशंसा गरे । आगामी दिनमा नेपाल र कोलम्बियाबीचको मित्रतालाई अझ बढी प्रगाढ बनाउन आफु लागि पर्ने उनको भनाई थियो । सो क्रममा जुआनले कोलम्बियामा रहेका एकमात्र नेपाली व्यवसायी छत्रबहादुर मैनालीको समेत प्रशंसा गरेका थिए । कोलम्बियामा समेत नेपाली व्यवसायी पाएको र आफ्नो पुस्तक र्सार्वजनिक गर्ने कार्यक्रममा समेत उपस्थित भइदिएको भन्दै उनले धन्यवाद समेत ज्ञापन गरे । जुआनले अब केही समयमा नै कोलम्बिया र ल्याटिन अमेरिकाका अन्य देशबाट एउटा टिम बनाएर कन्चनजंघा हिमाल आरोहण गर्ने तयारी भइरहेको समेत जानकारी दिए । पछिल्लो समय नेपाल भ्रमणमा जाने कोलम्बियालीहरुको संख्या बढेको जुआनको भनाई थियो ।

प्रतिक्रियाहरु