संसारकै अग्ली युवती बेहुली बन्दै

२०७१ बैशाख २७ गते, शनिबार


काठमाडौँ । विश्वको सबैभन्दा अग्ली ब्राजिलकी युवती छिट्टै बेहुली बन्दैछिन् । ६ फिट ८ इन्च उचाई भएकी मोडल एलिस्ने डे क्रुज सिक्वा पछिल्लो तीन वर्षेखि पांकिनाल्डोसँग प्रेममा छिन् । उनको उचाइ भने ५ फिट ४ इन्च छ । उनीहरूको हाइटमा १ फिट ४ इन्च फरक छ तर, दुइ प्रेममा डुबेका छन् र हाइटको कुनै मतलब छैन । आगामी २९ मार्चमा उनीहरू वैवाहिक बन्धनमा बाँधिदैछन् । उनी भन्छिन्, ‘मैले धेरै पटक मसँग प्रेम नगर भनेको थिएँ । तर, मलाई नै थाहा छैन । कसरी मलाई मनाए ।’ उनका प्रेमीले भने आफूलाई अग्लो युवती मन पर्ने बताए । ‘उनी अरुभन्दा फरक छिन् र म उनलाई खुसी राख्नसक्छु ।’ उनले भने । एलिस्ने र उनका प्रेमी एक वर्षेखि ब्राजिलको सैलिनपोलिसमा एक साथ बस्दै आएका छन् । एस्लिने अहिले १८ वर्षी भएकी छिन् तर, उनी आमा बन्न सक्दिनन् । उनी जिम्यान्टिजमबाट पीडित छिन् । उनी धर्मसन्तान राख्न तयार छिन् । ब्रालिजका सञ्चार माध्यमहरूका अनुसार पिट्युटरी ग्लाण्डमा ट्युमरका कारण उनको लम्बाइ असामान्य रूपमा बढेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु