राष्ट्र संघमा १० लाख हस्ताक्षर बुझाईने

२०७१ बैशाख २० गते, शनिबार

काठमाडौं ।बुद्ध जयन्तिको अवसरमा बुद्ध नेपालमा जन्मेका हुन भन्ने अभियानमा संकलित १० लाख हस्ताक्षर राष्ट्र संघको प्रधान कार्यलय न्युयोर्कमा मे १४ तारिखको दिन बुझाउने भएको जानकारी आयोजक एडमायर नेपालले जनाएको छ l रिजवुड नेपाली समाज न्युयोर्कको सक्रिय सहयोगमा कार्यक्रमको आयोजना हुने भएकोले सम्पूर्ण संघ ,संस्था तथा नेपाली समुदायलाई उक्त दिनमा सहभागी हुन् आग्रह गरिएको छ l
आयोजकले नेपाली समुदायलाई राष्ट्रिय पोशाक ,आ-आफ्ना जातजाति र संस्कृति झल्किने प्रकारका पहिरनका साथ उपस्थितिको अनुरोध गरेको छ l गत बर्ष अप्रिल १४ ,२०१३ का दिन संचारकर्मी रवि लामिछानेले बिश्वले नेपाल चिन्ने छ भन्दै बुद्ध नेपालमा जन्मेका भन्ने नेपालीहरुको साझा अभियानलाई सबै भन्दा लामो टेलीभिजन अन्तर्वार्ता गरि बिश्व गिनीज पुस्तकमा लेखाउन सफल भएका थिए l
राष्ट्र संघमा बुझाए पछि लुम्बिनिमा भब्य कार्यक्रम गरि राष्ट्र संघका महा सचिब बान्की मुनलाई निम्तो दिइने योजना रहेको जानकारी रबि लामिछानेले दिएका छन l बुद्ध नेपालमा जन्मेका हुन भन्ने अभियानका आरम्भकर्ता अभियन्ता क्यालिफोर्नियाका समाज सेवी प्रेम गुरागाईको नेतृत्वमा हस्ताक्षर अभियान समाप्त भएता पनि हस्ताक्षर संकलन अभियानलाई बिधुतिय प्रणालीबाट जारी राखिने भएको छ ल – विजय थापा

प्रतिक्रियाहरु