संविधानसभाको बैठक बस्दै ३३ दलिय मोर्चाले बिरोध जनाउने

२०७० माघ ८ गते, बुधबार


काठमाण्डौ ,८ माघ। दोस्रो संविधानसभाको पहिलो वैठक आज बस्दैछ भने नेकपा- माओबादी नेतृत्वको ३३ दलिय मोर्चाले कथित संविधानसभा-२ को विरोधमा “राष्ट्रघाती र जनघाती संविधानसभा-२ लाई अस्वीकार गरौं ! र्सवपक्षीय राजनीतिक गोलमेचसभाको आयोजना गरौं !!” भन्ने मूल नारासहित संविधानसभा भवनको अगाडि दिनको २ देखि ३.३० बजेसम्म कालो झण्डा र कालो व्यानर सहित विरोध प्रदर्सन गर्ने भएको छ ।
संविधानसभाको दोस्रो निर्वाचन भएको दुई महिनापछि संविधानसभाको वैठक बस्न लागेको हो ।वैठक दिउँसो ३ बजे संविधानसभाको भवन नयाँ बानेश्वरमा बस्नेछ । अन्तरिम संविधानको धारा ६९(१) बमोजिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आहृवान गरेपछि संविधानसभाको पहिलो बैठक सुरु हुन लागेको हो । पहिलो बैठकको कार्यसूची अनुसार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले संविधानसभा बैठक आह्वानको पत्र पढेर सुनाइनेछ भने निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिने प्रस्ताव पारित हुनेछ ।
यस्तै नयाँ नियमावली नबनेसम्म पूरानै नियमावलीलाई दिरन्तरता दिने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । विभिन्न ३० दलले दोस्रो संविधान सभामा प्रतिनिधित्व पाएका छन् ।
संविधानसभाको बैठक भने मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आहृवान गरेका हुन् । संविधानसभाको बैठकको अध्यक्षता जेष्ठ सभासदको हैसियतले सभामुख चयन नुहँदासम्म राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले गर्नेछन् । यसअघि मंगलवार जेष्ठ सभासद थापाले ३० दलका ५ सय ६६ जना सभासदलाई शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रियाहरु