भोलिदेखि आन्दोलन चर्कन्छ: गौरब

२०७० माघ ७ गते, मंगलवार

काठमाडौं, ७ माघ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले सरकार र प्रमुख तीन दल आफूहरुको मागलाई सम्बोधन नगरी अघि बढेको भन्दै भोलिदेखि आन्दोलन थाल्ने बताएका छन् । आज राजधानीमा भएको कार्यक्रममा गौरबले भोलि संविधानसभा घेराउ गरेर आन्दोलनको थालनी गरिने जानकारी दिए ।गौरबले अहिलेको सरकार गठन भएदेखिका सबै घटनाक्रम असंवैधानिक भएको भन्दै ती सबै निर्णय खारेज हुनुपर्ने माग समेत गरे । भोलिको विरोध आन्दोलनको सुरुवात मात्रै भएको भन्दै गौरबले आगामी दिनमा आन्दोलनलाई सशक्त र प्रभावकारी बनाइने पनि बताए ।
उपाध्यक्ष गौरबले शिक्षण अस्पतालमा राजनीतिक हस्तक्षेप हुँदा अहिले डा. गोविन्द केसी र हजारौं बिरामीको जीवन जोखिममा परेको भन्दै समस्या समाधानका लागि गम्भीर बन्न सरकालाई आग्रह पनि गरे ।

प्रतिक्रियाहरु