सरकार गठनमा भाले भिडन्त

२०७० माघ ४ गते, शनिबार


काठमाडौँ । संविधानसभाको दोस्रो चुनावको परिणामले गर्दा सरकार गठनमा दलहरूबीच भाले भिडन्त सुरु भएको छ । संविधानसभाको अहिलेको शक्ति सन्तुलनले सरकार निर्माणमा सहमतिको सरकार, काँग्रेस-एमालेको सरकार, काँग्रेस-एमाओवादीको सरकार, एमाले-एमाओवादीको सरकारका केही विकल्प देखिएका छन् । सहमतिको सरकार, काँग्रेस-एमालेको सरकार, काँग्रेस-एमाओवादीको सरकार, एमाले-एमाओवादीको सरकार जस्ता सरकार गठनमा दलहरूबीच भाले भिडन्त सुरु भएको छ । अल्पमतको सरकार गरी सरकार गठनको एउटा झिनो विकल्प त छ तर, देशको राजनीति त्यो बाटोमा जाने सम्भावना धेरै कम छ । प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीमध्ये दुइवटा शक्ति नमिलेसम्म बहुमतको सरकार समेत बन्न नसक्ने शक्ति सन्तुलन छ । दुइ दल नमिलेसम्म बहुमतीय सरकार बनाउन नसक्ने निर्वाचन परिणामले खिचडी सरकारका लागि दलहरूलाई बाध्य पारेको छ । २४ सिट पाएको राप्रपा नेपालले सरकारमा नजाने घोषणा गरेको छ । सबै पार्टीीत्र आ-आफ्नो चासोअनुसारको सरकार गठनमाथि छलफल थालेका छन् । भावी प्रधानमन्त्री को – भन्नेमा दलहरूभित्र पनि एकमत छैन, जसले कस्तो खिचडी सरकार बनाउने भन्ने अझै यकिन गर्नसक्ने अबस्थामा पुर्याएको छ । विगतमा जस्तो सत्ताको साँचो आफ्नो हातमा नभए पनि मधेशवादी दलहरू चौथो शक्ति बनेर सरकारमा सहभागी बन्ने छन् । सबै राजनीतिक दल सम्मिलित काँग्रेस नेतृत्वको सहमतीय सरकार गठन पहिलो विकल्प हो । शक्ति बाँडफाँड र सरकारको नीति तथा कार्यक्रममा सहमति भए मात्र यस्तो सरकार सम्भव हुन्छ । तर, सबै दल सरकारमा आउने सम्भावना कम छ । सहमतिको सरकार बनाउन प्रमुख दुइ ठूला दल काँग्रेस र एमालेका साथै तेस्रो शक्तिका रूपमा रहेको माओवादी पनि सहभागी बन्नुपर्नेछ । यसबाहेक कमल थापाको राप्रपा नेपालदेखि ठूला मधेसी दललाई पनि सरकारभित्र ल्याए मात्र सहमतीय सरकार बन्न सक्नेछ । तर, कमल थापा यस्तो सरकारमा नजाने घोषणा गरिसकेका छन् । दलहरूबीच राष्ट्रिय सहमति बन्न नसकेको अवस्थामा संविधानसभाका प्रमुख ठूला दल काँग्रेस-एमाले मिलेर दोस्रो विकल्पको सरकार बनाउन सक्छन । काँग्रेसका एक सय ९६ र एमालेका एक सय ७५ सभासद् रहेकाले ६ सय १ सदस्यीय संविधानसभामा दुइ पार्टीी तीन सय ७१ सभासद् छन् । जुन बहुमतीय सरकारका लागि पर्याप्त हुन्छ । बहुमतीय सरकार गठनमा ठूलो दल काँग्रेस र एकीकृत माओवादी मिलेर सरकार बनाउन सक्छन । काँग्रेसका एक सय ९६ र एमाओवादीका ८० सभासद् गरी दर्ुइ सय ७६ हुन्छन् । बहुमतका लागि २५ सभासद् पुग्दैनन् । यसका लागि २५ सभासद् खोज्नुपर्दा यो सरकार पनि राम्रै खालको सरकार बन्न जान्छ । एकीकृत माओवादीसहितको मोर्चामा रहेका दलहरूको ४३ सभासद् छन् । उनीहरू माओवादी सरकारमा गए जान चाहन्छन् । यो अवस्थामा पनि सरकारको नेतृत्व काँग्रेसले गर्नेछ । काँग्रेस-एमाले झगडामा माओवादीको हातमा सरकारको नेतृत्व जाने झिनो सम्भावन पनि जीवितै छ । गत संविधानसभामा तेस्रो ठूलो दल एमालेले दुइवटा सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । काँग्रेस नेतृत्वको सरकार नभए वामपन्थी शक्तिहरू मिलेर सरकार पनि बनाउन सक्छन् । सरकार गठनमा संविधानसभाका दोस्रो र तेस्रो दल एमाले र माओवादीबीचको समीकरण बने यस्तो वामपन्थीधारको सरकार बन्नेछ । सरकार गठनका लागि काँग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल लविङमा लागिसकेका छन् । उता सरकारका लागि एमाले अध्यक्ष झलनाथ खनालदेखि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसम्मको र्यान आफ्नो भागमा कसरी ठूलो भाग पार्ने भन्नेमा देखिन्छ ।

प्रतिक्रियाहरु