संविधानसभाबाट जनताको संविधान बन्दैन : ३३ दलिय मोर्चा

२०७० माघ ३ गते, शुक्रबार


काठमाडौं, – नेकपा-माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने निष्कर्ष निकाल्दै संविधानसभाको पहिलो बैठकबाटै सम्पूर्ण प्रक्रियाको विरोध सुरु गर्ने निर्णय गरेको छ । उसले आफ्ना माग सम्बोधनका लागि बृहद राजनीतिक गोलमेच सभाको अडानलाई दोहोर्या।एको छ ।मोर्चाले यही माघ ८ गते पहिलो बैठकको दिन संविधानसभाको बैठक कक्ष बाहिर विरोध प्रदर्शन गरी आफ्ना माग पूरा गराउन जनदबाब सृजना गर्ने निर्णय पनि गरेको छ ।’यो संविधानसभाबाट जनताको वास्तविक संविधान बन्न नसक्ने भएकाले विरोध प्रदर्शनको निर्णय भएको हो’, मोर्चाका एक नेताले बताए । मोर्चामा आवद्ध सबै दलका नेता-कार्यकर्ताले विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी ब्यापक बनाउने निर्णय पनि गरेका छन् ।बुद्धनगरस्थित माओवादी मुझ्यालयमा मोर्चाको बैठक बसेको थियो । बैठकमा माओवादीबाट सचिव देव गुरुङ्ग, पोलिटब्यूरो सदस्य हरिभक्त कँडेल र केन्द्रीय सदस्य सुरेश आलेमगर सहभागी थिए । सचिव गुरुङ्गले बैठकको सुरुमै संविधानसभाको बहिस्कार कार्यक्रम अत्यन्त सफल भएको र सबैतिरबाट समर्थन मिलेको दावी गरेका थिए ।मंसिर ४ को चुनाव अघि एक भई बहिस्कारमा उत्रेको मोर्चाको आगामी कार्यक्रमबारे बैठक केन्द्रीत थियो । संविधानसभा बाहिर रहेका शक्तिहरुलाई एक जुट गर्दै आन्दोलनका कार्यक्रमलाई संयुक्त रुपमा अघि बढाउने निर्णय पनि मोर्चाले गरेको छ ।
बैठकपछि मोर्चाको तर्फा वाट माओवादीका सचिव देव गुरुङ्गले जारि गरेको प्रेश विज्ञाप्ति को पूर्ण बिबरण यस प्रकार छ – “मिति २०७० माघ २ गते ३३ दलीय राजनीतिक मोर्चाको बैठक नेकपा-माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसी निम्न निर्ण्र्ाालिइएको छ ।यही माघ ८ गते कथित संविधानसभा-२ को विरोधमा “राष्ट्रघाती र जनघाती संविधानसभा-२ लाई अस्वीकार गरौं ! र्सवपक्षीय राजनीतिक गोलमेचसभाको आयोजना गरौं !!” भन्ने मूल नारासहित नयाँ बानेश्वर स्थित संविधानसभा भवनको अगाडि दिनको २ः०० देखि ३ः३० बजेसम्म कालो झण्डा र कालो व्यानर सहित विरोध पर््रदर्शन गर्ने निश्चित गरिएको छ । ”

प्रतिक्रियाहरु