सर्वपक्षीय राष्ट्रिय सभा बोलाउ : किरण

२०७० पुष २३ गते, मंगलवार


काठमाडौँ,२३ पुस । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणले सर्वपक्षीय राष्ट्रिय सभाको माग अघि सारेका छन । गोलमेच सम्मेलनको माग गर्दै आएका किरणले पछिल्लो समय सर्वपक्षीय राष्ट्रिय सभाको माग गरेका छन् ।संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष मोहन बैद्य किरणले दलहरुसँग वार्ताको ढोका खुल्ला राखेको बताउदै पहिलो एजेण्डाका रुपमा सर्वपक्षीय राष्ट्रिय सभालाई अघि बढाउने बताए ।
संगठन बिस्तारको ३ महिने राष्ट्रिय अभियानमा रहेको नेकपा माओवादीले त्यसलगत्तै सडक संघर्ष थाल्ने अध्यक्ष किरणको भनाई थियो ।संविधान निर्माण तथा सरकारमा आफुहरुको सहभागीताको कुरा समाप्त भएको बताउदै किरणले आफुहरुको मागलाई बेवास्ता गरिए सडक संघर्षबाटै माग स्थापित गराउने चेतावनी दिए ।
राष्ट्रपतिय निर्वाचन, सरकार गठन, संविधानसभा बैठक आह्वान सम्बन्धमा कुनै धारणा राख्ने नैतिक आधार नभएको बताउदै अध्यक्ष बैद्यले कंग्रेस, एमाले र एकीकृत माओवादीको निर्णय नै मान्य हुने उल्लेख गरे ।सर्वपक्षीय सरकार गठन भएमात्र आफुहरु सहभागी हुने बताउदै उनले दलहरुको खिचातानीका कारण सो सम्भावना समेत नरहेको दावी गरे । निर्वाचनमा सहभागी नभएको प्रति भने कुनै पछुतो नभएको उनको धारणा थियो ।

प्रतिक्रियाहरु