दाहाल दिल्ली दौडिए

२०७० मंसिर १३ गते, बिहीबार


काठमाडौं, १३ मंसिर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । भारतको नोयडास्थित फोटिक्स अस्पतालमा क्यान्सर रोगको उपचारमा रहेकी जेठी छोरी ज्ञानुको अवस्था बुझ्न दाहाल त्यसतर्फ प्रस्थान गरेका हुन ।केही साता अघिदेखि उपचारार्थ अस्पतालमा रहेकी छोरीको अवस्था चिन्ताजनक रहेकाले अध्यक्ष दाहाल र श्रीमती सीता भारत गएका हुन । दाहालको भारतमा कुनै राजनीतिक भेटघाट नभएको उनको निजी सचिवालयले बताएको छ ।

प्रतिक्रियाहरु