निर्बाचन नाङ्गो र निर्लज्ज : किरण

२०७० मंसिर ५ गते, बुधबार

काठमाडौ, ५ मंसिर – ने.क.पा – माओबादीका अधक्ष्य मोहन बैद्य किरणले ७०% मतदान भयो भन्नु ठुलो भ्रम सिर्जना गर्ने दुस्प्रयास भएको बताएका छन् | अधक्ष्य किरणले प्रेस बिज्ञप्ति जारी गर्दै बहिस्कार आन्दोलनलाई सडकमा आउन नदिएर सैन्य घेरा भित्र गरिएको निर्बाचनलाई अभूतपूर्व रुपमा सफल भएको भन्नु यथार्थतालाई अत्यन्तै नाङ्गो र निर्लज्ज रुपमा छिपाउने कसरत गरिएको र त्यसप्रति आवश्यक ध्यान दिंदै सत्यतथ्यलाई गम्भीरतापूर्वक आत्मसात गर्न सम्बन्धित सबैसित विशेष आग्रह गरेका छन् |किरणको बिज्ञप्तिमा भनिएको छ ,”साम्राज्यवादी तथा विस्तारवादी शक्तिकेन्द्रको निर्देशन एवम् गुरुयोजना र चार दलीय गठबन्धनको पहलमा असंवैधानिक तथा अलोकतान्त्रिक रुपमा गठित निर्दलीय सरकारद्वारा २०७० मंसिर ४ मा आयोजित कथित निर्वाचनको विरोधमा हाम्रो पार्टी सहित तेत्तिस दलीय मोर्चाद्वारा सञ्चालित बहिष्कार आन्दोलन सफलतापूर्वक सम्पन्न भएको छ । यस प्रक्रियामा जनसमुदायको ठूलो सहयोग रहेको छ । रोल्पाको थबाङका जनसमुदायले मतदान पेटिका रित्तै बनाई प्रभावकारी बहिष्कार गरेर इतिहासमा अर्को नयाँ कीर्तिमान स्थापित गरेका छन् । बहिष्कार आन्दोलनलाई सफल तुल्याउन सहयोग पुर्यायाउने सम्पूर्ण जनसमुदायप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं ।” माओबादी अधक्ष्य किरणले बिज्ञप्तिमा भनिएको छ , “बहिष्कार आन्दोलनको प्रक्रियामा कार्तिक २५ को आम हड्ताल र २६ यताको चक्काजामको प्रक्रियामा राज्यशक्तिको अधिकतम दुरुपयोग गरी बन्द र चक्काजामको गम्भीर अवज्ञा गरियो । यस प्रक्रियामा एकातिर कतिपय अप्रिय घटना घट्न गएका छन् भने अर्कोतिर बहिष्कार आन्दोलनको आवरणमा पनि कैयौं घटना घटाइएका छन् । यस प्रकारका घटनाप्रति हाम्रो पार्टी गम्भीर दुःख व्यक्त गर्दछ ।” बैद्यले बहिष्कार आन्दोलनको प्रक्रियामा झण्डै ५०० भन्दा बढी नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुठा मुद्दा लगाउने काम गरिएकोमा त्यसको दृढ विरोध गर्दै हामी सबैको शीघ्रातिशीघ्र रिहाईको माग गर्नुभएको छ |
किरणले देशको राजनीतिक सङ्कटको समाधानका लागि राष्ट्रिय सहमति अहिले पनि एक अपरिहार्य आवश्यकता हो भन्दै महान् जनयुद्धमा संलग्न एउटा शक्तिलाई जबर्जस्ती निषेध गरेर र जनयुद्ध तथा जनआन्दोलनमा अभिव्यक्त जनादेशलाई अवज्ञा गरेर शान्तिप्रक्रियाले कदापि पूर्णता प्राप्त गर्न नसक्ने दाबी गरेका छन् । साथै माओबादी अधक्ष्य बैद्यले यसबारे गम्भीरतापूर्वक सोंच्न र विशेष ध्यान दिन सम्बन्धित सबैसित विशेष अपिल समेत गरेका छन् |
माओबादी अधक्ष्य किरणले जारि गरेको प्रेसवक्तव्यको पूर्ण विवरण यस प्रकार छ- ” १. साम्राज्यवादी तथा विस्तारवादी शक्तिकेन्द्रको निर्देशन एवम् गुरुयोजना र चार दलीय गठबन्धनको पहलमा असंवैधानिक तथा अलोकतान्त्रिक रुपमा गठित निर्दलीय सरकारद्वारा २०७० मंसिर ४ मा आयोजित कथित निर्वाचनको विरोधमा हाम्रो पार्टी सहित तेत्तिस दलीय मोर्चाद्वारा सञ्चालित बहिष्कार आन्दोलन सफलतापूर्वक सम्पन्न भएको छ । यस प्रक्रियामा जनसमुदायको ठूलो सहयोग रहेको छ । रोल्पाको थबाङका जनसमुदायले मतदान पेटिका रित्तै बनाई प्रभावकारी बहिष्कार गरेर इतिहासमा अर्को नयाँ कीर्तिमान स्थापित गरेका छन् । बहिष्कार आन्दोलनलाई सफल तुल्याउन सहयोग पु¥याउने सम्पूर्ण जनसमुदायप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं ।
२. अघोषित सङ्कटकालको कार्यान्वयन, सेना परिचालन तथा राज्यशक्तिको अधिकतम दुरुपयोग गर्दै जनसमुदायलाई भयभीत तुल्याई एवम् बहिष्कार आन्दोलनमा संलग्न प्रतिपक्षीय शक्तिलाई सडकमा आउनै नदिई सैन्य घेराभित्र गरिएको यस “निर्वाचन” लाई “अभूतपूर्व रुपमा सफल” भएको र ७०% मतदान गरिएको भनी ठूलो भ्रम सिर्जना गर्ने दुष्प्रयास गरिएको छ । बहिष्कारको पक्षमा उत्रिएको जनसमुदायको ठूलो हिस्साद्वारा मतदाता नामावलीमा नाम दर्ता नगराइएको र प्रायोजित धाँधली गरिएको यथार्थतालाई अत्यन्तै नाङ्गो र निर्लज्ज रुपमा छिपाउने कसरत गरिएको छ । यसप्रति आवश्यक ध्यान दिंदै सत्यतथ्यलाई गम्भीरतापूर्वक आत्मसात गर्न सम्बन्धित सबैसित हामी विशेष आग्रह गर्दछौं ।
३. बहिष्कार आन्दोलनको प्रक्रियामा कार्तिक २५ को आम हड्ताल र २६ यताको चक्काजामको प्रक्रियामा राज्यशक्तिको अधिकतम दुरुपयोग गरी बन्द र चक्काजामको गम्भीर अवज्ञा गरियो । यस प्रक्रियामा एकातिर कतिपय अप्रिय घटना घट्न गएका छन् भने अर्कोतिर बहिष्कार आन्दोलनको आवरणमा पनि कैयौं घटना घटाइएका छन् । यस प्रकारका घटनाप्रति हाम्रो पार्टी गम्भीर दुःख व्यक्त गर्दछ । बहिष्कार आन्दोलनको प्रक्रियामा झण्डै ५०० भन्दा बढी नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र झुठा मुद्दा लगाउने काम गरिएकोमा त्यसको दृढ विरोध गर्दै हामी सबैको शीघ्रातिशीघ्र रिहाईको माग गर्दछौं ।
४. सामन्तवाद र साम्राज्यवाद÷विस्तारवादका विरुद्ध परिलक्षित विभिन्न जनआन्दोलन र दश वर्षको महान् जनयुद्धमा प्रस्तुत त्याग, वीरता एवम् बलिदानी भावद्वारा अभिव्यक्त जनताको रगत तथा पसिनाको मूल्य एवम् जनादेशलाई सम्मान गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्रको स्थापना तथा जनजीविकाको सुनिश्चितता र नयाँ राष्ट्रिय मुक्ति आन्दोलनका बीचबाट जनताको संविधान निर्माणका लागि हामी जनसमुदायसमक्ष पुनः प्रतिबद्धता जाहेर गर्दछौं ।
५. दोस्रो संविधानसभा “निर्वाचन”को जति गुणगान गरिएपनि वैदेशिक शक्ति केन्द्रहरुको इशारामा चल्ने राष्ट्रघाती तथा जनविरोधी तत्वहरुको प्रभुत्व हुने त्यसप्रकारको संविधानसभाबाट पनि जनताको संविधान बन्न नसक्ने कुरा सुनिश्चित छ र यसप्रति सतर्क रहन हामी सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित विनम्र अनुरोध गर्दछौं ।
६. देशको राजनीतिक सङ्कटको समाधानका लागि राष्ट्रिय सहमति अहिले पनि एक अपरिहार्य आवश्यकता हो । महान् जनयुद्धमा संलग्न एउटा शक्तिलाई जबर्जस्ती निषेध गरेर र जनयुद्ध तथा जनआन्दोलनमा अभिव्यक्त जनादेशलाई अवज्ञा गरेर शान्तिप्रक्रियाले कदापि पूर्णता प्राप्त गर्न सक्दैन । यसबारे गम्भीरतापूर्वक सोंच्न र विशेष ध्यान दिन हामी सम्बन्धित सबैसित विशेष अपिल गर्दछौं । ”

प्रतिक्रियाहरु