चुनाव शक्ति दुरुपयोगः ३३ दलीय मोर्चा

२०७० मंसिर ४ गते, मंगलवार


काठमाडौं, मंसिर ४ – नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनावमा शक्ति दुरुपयोग गरेको बताएको छ ।३३ दलीय मोर्चाले सम्पूर्ण शक्तिको दुरुपयोग गरेर गरिएको निर्वाचनले जनताको संविधान नबन्ने र वर्तमान सङ्कटको राजनीतिक निकास दिन नसक्ने ठोकुवा गरेको छ ।’राजनीतिक निकासको लागि जुनसुकै परिस्थितिमा पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन,’ मोर्चाका नेता एवं माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले फेरिपनि सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय सहमति कायम गर्न सरकार, राजनीतिक दलहरु र नागरिक समाजसँग हार्दिक आग्रह गर्दछौं ।’राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचन गर्न सरकार र चार दललाई दबाब दिन गरिएको यातायात हड्ताल सफल भएको मोर्चाको दाबी छ ।’४ दलीय सिण्डिकेटको निषेधात्मक राजनीति र राज्यशक्तिको दुरुपयोग गर्दै निरङ्कुश ढङ्गले गरिएको दमनका बावजुद पनिचक्काजाम र बहिष्कार आन्दोलन सफलतापूर्वक सम्पन्न भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘त्यसको लागि चक्काजाम तथा बहिष्कार आन्दोलनमा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय जनसमुदायमा ३३ दलीय राजनीतिक मोर्चा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’मोर्चाले चक्काजाम र बहिष्कार आन्दोलनको क्रममा राज्यको सम्पूर्ण शक्ति दुरुपयोग गरेर दमन, धरपकड र आतङ्क सिर्जना गरेको आरोप लगाएको छ । मोर्चाले देशभर ५ सय जनाभन्दा बढी नेकपा-माओवादी सहित ३३ दल सम्बद्ध नेता, कार्यकर्ता र समर्थकहरुलाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाइएको जनाएको छ । मोर्चाले पक्राउ परेकालाई बिनाशर्त रिहा गर्न माग गरेको छ ।

प्रतिक्रियाहरु