मोरङ्ग, अछाम , गोर्खा र सिराहामा बम बिस्फोट

२०७० मंसिर ४ गते, मंगलवार


मोरङ्ग, ४ मंसिर । मोरंग जिल्लामा जता ततै बम बिस्फोट भएको छ ।मोरंगको क्षेत्र न. २ मा ६ वटा सिलिन्डर बम बिस्फोट भएको छ । यसै क्रममा पथरी क्याम्पसको मतदान केन्द्रमा बम बिस्फोट भए पछि भाग दौड मच्चिएको छ ।अहिले सो मतदान केन्द्रमा मतदान रोकिएको बताइएको छ । यसै गरि सनिस्चरेमा पनि २ वटा सक्तिसाली बम बिस्फोट भएको छ ।यसैगरि क्षेत्र न. ३ मा ६ वटा सिलिन्डर बम पड्किएको छ भने क्षेत्र न. ४ मा १ ठाउमा , क्षेत्र न. ४ मा एक ठाउमा , क्षेत्र न. ७ मा एक ठाउँमा , क्षत्र न. ८ मा एक ठाउँमा र क्षेत्र न. ९ मा २ वटा सिलिन्डर बम र २ वटा सकेट बम पड्किएको बताइएको छ ।
यसै गरि ,अछाम जिल्लाको क्षेत्र नं. २ पर्ने विनायक गाविस मतदान केन्द्र नजिकै एउटा शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । स्थानिबासीको अनुसार विस्फोटको आवाज टाढाटाढासम्म सुनिएको थियो । विस्फोटपछि विनायक र आसपास गाविसका मतदाता आतंकित भएका छन् ।
यसैबीच, जाजरकोट जिल्लाको जगतीपुर गाविसको कुदु र शिवशंकर मतदान केन्द्र नजिकै दुई बम विस्फोट भएका छन् । घटनास्थलमा सुरक्षाकर्मी जान नसकेपछि मतदाता आतंकित भएका छन् ।
यसैबीच ,गोर्खा र सिराहामा मतदान केन्द्र नजिक शक्तिशाली बस विष्फोट भए पछि मतदाताहरु भागाभाग गरेको समाचार प्राप्त भएको छ ।

प्रतिक्रियाहरु