ठाउँ ठाउमा बम ,मतदाताहरु आतंकित

२०७० मंसिर ४ गते, मंगलवार

काठमाडौं, ४ मंसिर । राजधानीको कुलेश्वरमा बम बिष्फोट हुँदा २ जना घाइते भएका छन्। घाइते हुनेमा महेश नेपाल र कृष्णबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। बमको छर्राले नेपालको हात चुँडिएको छ भने श्रेष्ठको अनुहारमा गम्भिर चोट लागेको छ। त्यस्तै आजै बर्दिया,बझाङ,म्यग्दी, नेपालगञ्जमा बम विष्फोट गराइएको छ। मतदान केन्द्रबाट पाँच सय मिटरमा बम विष्फोट भएको स्थानीय प्रहरीले जानकारी दिए। बमबाट कुनै नोक्सानी नभएको प्रहरीले जानकारी दिए।
काठमाडौको भोटेबहालमा बम विस्फोटन हुँदा ३ जना घाइते भएका छन् । मतदातालाई त्रसित गराउने उद्देश्यले बम पड्काइएको हुनसक्ने प्रहरीले जनाएको छ काठमाडौ क्षेत्र नं. १ अन्तरगतको एक मतदान केन्द्र नजिकै बम विस्फोट भएको हो । एक बालकले खेलाउने क्रममा सो बम विस्फोट भएको हो ।
यसैवीच कीर्तिपुरस्थित पांगाको हनुमानघाट मतदान केन्द्र नजिकै भेटिएको शंकास्पद बस्तु डिष्पोज गरेको छ ।
यस अघि हिजो गुल्मी जिल्लाको थानापती , बलेटक्सार कार्किनेता मझुवा लगायत क विभिन्न गा बि स मा बम बिस्फोट भएको खबर प्राप्त भएको छ ।

प्रतिक्रियाहरु