काठमाडौंको ठाउँ ठाउमा बम ,मतदाताहरु आतंकित

२०७० मंसिर ४ गते, मंगलवार


काठमाडौं, ४ मंसिर । काठमाडौंको सामाखुशीमा दुई वटा बम फेला परेको छ । एक बमको भने नेपाली सेनाको बम डिस्पोजल टोलीबाट डिस्पोज भइसकेको र एकको डिस्पोजको तयारी भइरहेको छ ।डिस्पोज गरिसकेको बम माहनायक राजेश हमालको घरै अगाडि फेला परेको हो । डिस्पोज हुँद पड्केको आवाज र धुलो धुँवाले सो क्षेत्र आतंकित बन्न पुगेको छ । संविधानसभा निर्वाचन भइरहँदा बम फेला परेको हो ।
यसैगरि काठमाडौंको मिनभवनमापनि बम फेला परेको छ । उक्त बमपनि नेपाली सेनाको बम डिस्पोजल टोलीबाट डिस्पोज गरिएको छ । सो बमपनि निकै सक्तिसाली भएको बताइएको छ। यसरि काठमाडौंको ठाउँ ठाउँमा बम बिस्फोट भएपछि मतदाताहरु आतंकित भएका छन् । उनीहरु अब घर बाहिर ननिस्कने बताउन थालेका छन ।

प्रतिक्रियाहरु