१६ वर्षमै मन्त्री

२०७० भाद्र १७ गते, सोमबार

काठमाडौं, १७ भदौ : प्यालेस्टाइनमा १६ वर्षीया किशोरी मन्त्री बनेकी छिन् ।प्यालेस्टाइनका स्थानीय प्रशासनमन्त्री सइद अल कावनीले बशइर ओथमन नामकी ती किशोरीलाई एक दिनको लागि मन्त्री बनाएका हुन् । किशोरीको जन्मदिनको दिन उनलाई मन्त्री बन्ने मौका दिइएको हो । किशोरीलाई मन्त्री बनाउँदा मुलुकका युवाहरुमा सकारात्मक सन्देश जाने भएकोले आफूले त्यस्तो गरेको ती मन्त्रीले बताए । उनी संसारकै सबैभन्दा कम उमेरको मन्त्री समेत भइन् । उनी अघिल्लो वर्ष उनकै गृह क्षेत्र अल्लारको मेयर समेत भएकी थिइन् । एक दिने कार्यकालमा उनले संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पत्र लेखेर प्यालेस्टाइनीका समस्याबारे जानकारी गराइन् । अधिकारकर्मी बशाइर युवाहरुका लागि एक फोरम चलाउने गर्छिन् । – एजेन्सी

प्रतिक्रियाहरु