धक फुकाएर रुनुका फाइदै फाइदा..

२०७० भाद्र १५ गते, शनिबार

काठमाडौँ । धक फुकाएर रुँदा मन हलुंगो हुन्छ, पीडा कम हुन्छ अनि शितल हुन्छ । रुनुको लाभ केवल रुने मान्छेले मात्र अनुभुत गर्नसक्ने भएपनि सामान्य बुझाइमा रुनुलाई सामाजिक, शारीरिक तथा मानसिक रूपमा राम्रो मानिँदैन । तर मनोवैज्ञानिकहरूले भने धक फुकाएर रुनुका विभिन्न खाले फाइदा हुने बताएका छन् । रुनुका फाइदा यस्ता छन्ः रुँदाखेरि बग्ने आँशुले आँखाको दृष्टि क्षमतामा सुधार ल्याउँछ । कहिलेकाहीँ आँखामा डिहाइड्रेसन हुँदा दृष्टि धमिलो हुन्छ । त्यस्तो बेलामा आँशुले आँखाको झिल्लीमा पानीको पर्याप्तता सिर्जना गर्छ र हामीले प्रष्ट देख्न सक्छौँ ।आँशुले आँखालाई सफा गर्नसमेत मद्दत गर्छ । आँखामा विभिन्न खाले जिवाणु रहेका हुन सक्छन् । आँशुमा हुने जिवाणु प्रतिरोधी तत्वले जिवाणु नष्ट गरिदिन्छ । आँशुमा जिवाणु नाशक लाइसोजोम नामक तत्व हुन्छ । रुनाले तनावबाट धेरै हदसम्म मुक्ति मिल्छ, चाहे त्यो क्षणिक नै किन नहोस् । मानिसको भावनात्मक आँशुले सरीरमा तनाव सिर्जना गर्न हर्मनको उर्त्र्सज कम गर्छ । सामान्य आँशुमा ९८ प्रतिशत पानी हुन्छ । तर भावनात्मक आँशुमा तनावको हर्मन समेत मिसिएको हुन्छ । आँशुमा केही विषाक्त पदार्थ पनि हुन्छन् । त्यसैले आँखाबाट आँशु निस्कँदा सरीरभित्र रहेका त्यस्ता विषाक्त पदार्थ समेत निस्कासन गर्न सहयोग पुग्छ ।
आँखामा जलन भएको बेला आँशु बग्यो भने जलन कम हुन्छ । नियमित रूपमा रुने बानीले उच्च रक्तचाप, मोटोपन तथा मधुमेह जस्ता समस्यासँग जुध्ने क्षमता बढ्ने विज्ञहरू बताउँछन् । निकै तनाव तथा दुःखपूण् अवस्थाबाट गुज्रिरहेको अवस्थामा धक फुकाएर रुनाले शान्ति मिल्छ र पीडामा मलहम लागेको महसुस हुन्छ । त्यसैले अब लुकेर होइन मज्जाले देखाएरै रुनुहोस् । रुनु कमजोरीको प्रतिक होइन स्वास्थ्य लाभ गर्ने तरिका पनि हो- एजेन्सी

प्रतिक्रियाहरु