युद्ध -नन्दलाल आचार्य

२०७० भाद्र ९ गते, आईतवार

१) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस्
गरिस्, थुप्रै गरिस्
मनमनमा ढ्याङ्ग्रो ठोकिस्
जीवनमा पटकपटक भूकम्प ल्याइस्
सडक तताइस्, न्रि्रा खोसिस्
सपना बाँडिस्, अस्थिर भविष्य दिइस्
थोरै चेतना दिएर ललिपप चटाउँदै
तन, मन, धन लिइस्,
कुनाकन्दराबाट र्समर्थन भेटिस्
मुदा शान्तिको रट लगाइस्
र, पो अहिले थाङ्नामै सुताइस् ।
-म तन्द्राबाट संसारमा आउँदा
त्यो कतै थिएन,
त्यत्तिखेर मैले धुइँधुइँती खोजेँ
अझैसम्म पनि खोजिरहेकै छु ।
हँ, तपाईँ नजिक लुक्यो कि !
हरेर्दिनुस्, खोजिदिनुस्, पत्ता लगाइदिनुस्
कतै दक्षिणे बाघ आई चोर्यो कि !
कतै उत्तरे भालु आई लग्यो कि !
कतै लाजले भुतुक्क हुँदै हिँड्यो कि !
हो, ऊ आउनु अघि नै
मैले, म भइसक्नु पथ्र्यो
म, म हुनका लागि
यस जीवनयुद्ध मैदानमा
आदिमकालदेखि कसरत गर्दै छु ।
तर, आजसम्म पनि
म, म हुन सकेको छैन
मैले युद्ध जितेको छैन ।

२) तपाईँ भन्नुहोला-
दुनियाँ ठान्दोहोला-
स्मृतिमा बाँचिरहेकाहरू
जीवनयुद्ध जितेका जितारू हुन्
दुनियाँलाई बदल्ने काममा
जीवन र्समर्पण गरेरै
आफूलाई स्मृतिको सूचिमा राखे
र, जनमनमा विराजमान भए ।
– अहँ, भ्रम, ठूलो भ्रम
फेरि एकपटक भ्रमको आँधी ल्याएको मात्र हो
फेरि एकपटक शब्दखेती लगाएको मात्र हो ।
किनकि, आजसम्म त
मान्छे, मान्छे बन्न सकेका छैन
म, म हुन सकेको छैन
मैले युद्ध जितेको छैन ।
३) भीमसेन थापाहरूले जितेकै हुन् त –
अब्राहम लिङ्कनहरूले दासमोचन गरेकै हुन् त –
महात्मा गान्धीहरूले मुस्कान छरेकै हुन् त –
अहँ, वर्तमानको एलबममा देखिन्न ।
किनकि, रणजङ्ग पाँडेहरू, नाथुराम गोडसेहरू
अझै पनि हाँसिरहेकै छन्,
अझै पनि वरपर नाचिरहेकै छन्,
जोन विल्किस बुथहरू
अझै पनि बन्दुक तेस्र्याउँदै छन् ।
किनकि, भानुभक्तहरू, लक्ष्मीप्रसादहरू
नान्यदेवहरू, विद्यापतिहरू
सेक्सपियरहरू, होमरहरू
अझै पनि विभक्त भएर स्मृतिमा बाँचेका छन् ।
किनकि, यज्ञबहादुर थापाहरू, दुगानन्द झाहरू
शुक्रराज शास्त्रीहरू, दिलिप चौधरीहरू
यत्ति मात्र कहाँ हो र,
लखन थापाहरू, रमेश महतोहरू
विभक्त भएर स्मृतिमा बाँचेका छन् ।
धिक्कार छ,
मलाई, तपार्इँलाई र उसलाई
‘विद्यापत’, ‘बालुन’, ‘लाखे’ नाचका सट्टामा
हामी पाँडे, गोडसे, बुथ नाचहरू
हर्ेनमै मख्ख र मस्त हुँदै छौँ
विभक्त रेखा तानेर
आफूलाई विजयी ठान्दै छौँ ।
अतः मचाहिँ, म हुन सकेको छैन ।
४) जिते र जितिरहेकै छन्-
भित्ताको पेण्डुलमले पनि,
प्राणदाता र्सर्ूय किरणले पनि,
स्मृतियोग्य नरनारी कर्मले पनि,
मैथिली साहित्य परिषदले पनि,
सगरमाथा साहित्य परिषदले पनि,
किनकि, अझै पनि देखिरहेको छु,
हाम्रा जयत गौडहरू,
विद्यापतिय सांस्कारिक गीत गाइरहेका छन् ।
हाम्रा प्रेमषिर्हरू,
जनताको ढुकढुकीलाई सम्बोधन गरिरहेकै छन् ।
हाम्रा नारायण गोपालहरू,
‘आँखा छोपी नरोऊ’ भनिरहेकै छन् ।
हाम्रा प्रिय इच्छुकहरू,
जनइच्छालाई कविता बनाइरहेकै छन् ।
त्यस्ता गौडहरू, त्यस्ता प्रेमषिर्हरू
त्यस्ता गोपालहरू, त्यस्ता इच्छुकहरू
हाम्रा छायाँमोह, पाखण्डमोह र व्यक्तिमोहले
औँलामा गर्न सक्ने मात्र भएका छन्
र, पनि खबरदारी गरिरहेकै छन् ।
धर्म, अर्थ, काम, मोक्ष प्राप्तिका लागि भनेर
आज काम, क्रोध, लोभ, मोह, मद, मार्त्र्सयसँगै
लुटुपुटु भइरहँदा
हुन गएको एक विष्पोटले
मलाई हराइरहेछ,
तपाईँलाई पराजयको विष पिलाइरहेछ,
उसलाई असफलताको स्वाद चखाइरहेछ !
अतः म, म हुन सकेको छैन,
मेले युद्ध जितेको छैन ।

प्रतिक्रियाहरु