जन्मदै ६ किलो

२०७० श्रावण २६ गते, शनिबार

काठमाडौँ । -एक जना बेलायती नागरिक महिलाले स्पेनमा ६ किलो २० ग्रामको बच्चा जन्माएकी छिन् । त्यो बच्चा स्पेनमा जन्मिएको अहिलेसम्मकै सबैभन्दा ठूलो बच्चा हो । जसको तौल नवजात शिशुको औषत तौल भन्दा दोब्बर छ । उनले कुनै शल्यक्रिया विना प्राकृतिक प्रसुति मार्फ् छोरी पाएकी हुन् । त्यो भिमकाय छोरी पाउने महिलाको नाम म्याक्सिम म्यारिन हो । कोस्टा ब्लांकास्थित र्म्यारिना स्यालुड अस्पतालमा ४० वर्षी म्यारिनले किर्तिमानी छोरी पाइन् । अस्पतालका अनुसार आमा र छोरी दुबैको स्वास्थ्य राम्रो छ । उनका श्रीमान् कोलम्बियाली मूलका हुन् । उनीहरूका यसअघि नै ३ वटा सन्तान जन्मिइसकेका छन् । स्मरण रहोस् युरोपमा अहिले किर्तिमानी बच्चा पाउने लहड नै चलेको छ । अघिल्लो महिना जर्मनीमा एक जना महिलाले ६.११ किलो तौलको बच्चा पाएकी थिइन् । स्मरण रहोस् विश्वमा अहिलेसम्म जन्मेको सबैभन्दा धेरै तौलको बच्चा क्यानडाको हो । सन् १८७९ मा क्यानडामा १०.७७ किलो तौलको बच्चा जन्मिएको थियो जसको जन्मेको ११ घण्टामै मृत्यु भयो ।- एजेन्सी

प्रतिक्रियाहरु