बिहे गर्न कुमारी रहेको प्रमाणपत्र

२०७० श्रावण १९ गते, शनिबार

काठमाडौँ । युरेसियाको स्वशासित देश जर्जियामा बिहेका लागि युवतीले आफू कुमारी रहेको प्रमाणपत्र पेस गर्नर्ुपर्छ । सो प्रमाणपत्र जर्जियामा ‘द इन्डिपेन्डेन्ट राष्ट्रिय फरेन्सिक ब्युरो’ ले युवतीको परीक्षणपछि जारी गर्दछ । सो परीक्षाका लागि ब्युरोले ६९ पाउण्ड -करिब १० हजार रूपैयाँ लिन्छ । इर्साई परम्पराअनुसार विवाह पहिले युवती कुमारी हुनु अति नै आवश्यक हुन्छ । सो परम्परामा कुमारी नभएर कसैले विवाह गरेमा सो घरमा अनिष्ट हुने बताइन्छ । त्यसैको अवधारणाअनुसार यस्तो प्रचलन रहेको विश्लेषणले बताएका छन् । तर, पछिल्लो समय सुरु गरिएको कौमार्य परीक्षणले भने जर्जियाबासी खुसी नभएको बताइएको छ । जर्जियाको इमेडी टिभीमा एक महिलाले कौमार्य परीक्षणलाई घृणित कार्य भन्दै टिप्पणी गरेकी थिइन् । त्यस्तै सामाजिक सञ्जाल तथा इन्टरनेटमा पनि सो परीक्षणको खिल्ली उडाइएको छ । तर, कौमार्य परीक्षण गर्न बनेको ब्युरोलाई भने त्यो व्यापक आलोचनाले कुनै फरक पारेको छैन । उल्टै सो ब्युरोले कौमार्य परीक्षण प्रमाणपत्र छिटो चाहिनेलाई दोब्बर रकम लाग्ने गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु