प्रेममा यस्तो पनि …..

२०७० श्रावण १६ गते, बुधबार

प्रेममा बिभिन्न खालका अपत्यारिलो घटनाहरु घट्ने गरेको त हामीले सुनेकै छौ । यस्तै एउटा अपत्यारिलो घटना चिनको डानग्गुआन शहरको एकजोडी बीच भएको छ । त्यो जोडि सडकमा बहस गरिरहेको थियो । बिस्तारै उनीहरुको स्वर चर्कदै गयो । रिसको आवेगमा पहिला युवकले आफ्ना सबै कपडा खोलेर सडकमा फाले । सडकमा हिडिरहेका मान्छेहरु आफ्नो अगाडि निवस्त्र युवक र युवती देख्दा चकित मात्र परेनन्, लाजले भुतुक्क पनि भए । प्रेमीले कपडा खोलेको देखेर प्रेमीकाले पनि फटाफट आफ्ना सबै कपडा खोलेर निवस्त्र भइन अनि बीच सडकमा हिडिन् । यो घटनाको प्रत्यक्षदर्शी जियान डाउले आफ्नो मोबाइलको क्यामेरामा उनीहरुको निवस्त्र तस्विर कैद गर्न भ्याइहाले।जिआनका अनुसार नाङ्गै भएपछि। उनीहरु यात्रु तथा ट्राफीकको वेवास्ता गर्दै सडकमा कुदेका थिए । उनीहरुलाई देख्ने यात्रुहरु उनीहरुबीच के भएको हो भन्नेमा अनबिज्ञ थिए । रिस शान्त भएपछि प्रेमीले कपडा लगाएका थिए । युवती भने नाङ्गै थिइन् । पछि, प्रेमीको सर्टले आफनो शरिरको केही भाग ढाकेर अंगालो हाल्दै अघि बढीन् । कुरा मिलीसकेपछि पनि ती युवतीले कपडा किन लगाइनन् भन्ने कुरा भने रहस्यमै रहन पुग्यो । – एजेन्सी

प्रतिक्रियाहरु