चुरोट पिउने कछुवा

२०७० श्रावण १२ गते, शनिबार

काठमाडौँ । चीनको च्याङचुन गाउँको एउटा कछुवाले दिनको करिब १० वटा चुरोट पिउने गर्दछ । कछुवाको मालिक भन्छन् कि जब यो कछुवालाई चुरोट पिउन मन हुन्छ तब यो चल्मलाउन थाल्दछ र आवाज निकाल्ने गर्दछ । यो कछुवा चुरोटको अम्मली बन्न पुग्यो त – ट्याङ थर भएका एक स्थानिय सेफ, आफ्नो बोसलाई कछुवा पाल्न मद्दत गरिरहेका उनले भने, यो करिब दुइ महिना अगाडिको घटना हो जब उनले कछुवामा आफ्नो दैनिक आहार माछा खान मन नगरिरहेको थाहा पाए । के भयो भनेर हेरिसकेपछि उनले थाहा पाए कि एउटा तिखो कुखुराको हड्डी त्यसको पेटमा गाडिरहेको उनले थाहा पाए । जब उनले त्यो निकाल्न कोसिस गरे पिडाको कारण कछुवाले ट्याङको औंला टोकिदियो । कछुवाको ध्यान अरु कुनै कुरातिर नमोडिकन त्यो हड्डी निकाल्न सक्ने उनले देखेनन् । त्यसकारण उनले सल्काएको चुरोट कछुवाको मुखमा हालिदिए र त्यसलाई टोक्न दिए । मुखमा भएको चुरोटको फिल्टरलाई कछुवाले निकै घण्टासम्म टोकिरहृयो जसका कारण ट्याङले सजिलै त्यो हड्डी निकाल्न सके तर उनलाई के थाहा उनको यो तरिकाले ठूलो समस्या निम्त्याउँछ भनेर ।
त्यसको भोलिपल्ट, ट्याङ कछुवा नजिकै भएको कुर्सी बसे र चुरोट सल्काए । जब कछुवाले धुँवा देख्यो तब त्यो ट्याङमाथि चढ्यो । यो देखेर ट्याङले अर्को चुरोट कछुवाको लागि सल्काइदियो र मुखमा राखिदिए । त्यसपछि तिनीहरु दुबै सँगसँगै चुरोट ब्रेकमा जाने गर्दथे । अहिले जब कछुवालाई चुरोट पिउन मनलाग्छ तब यसले आवाज निकाल्छ र मानिसको पछि लाग्ने गर्दछ । सुरु सुरुमा त रमाइलो हुने गर्दथ्यो, ट्याङले च्याङचुन इभिनिङ न्यूजलाई जानकारी दिए । तर, उनी अब कछुवाको यो लतलाई आफ्नो जिम्मेवारी भएको महसुस गर्दछन्, यसका साथसाथै उनले आफू र कछुवाको लागि चुरोटको जोहो गर्न गाह्रो भएको बताएका छन् । यो विषयमा कसैबाट केहि सल्लाह सुझाव भएमा पालना गर्न समेत उनले बताए ।
यसैबिच, नेपालमा विश्वमा दर्ुलभ वन्यजन्तुको सूचीमा सूचीकृत खैरो रङको कछुवा फेला परेको छ । मोरङ जिल्लाको इन्द्रपुर र केराबारी गाविसको सिमानामा पर्ने जङ्गल क्षेत्रमा स्थानीय गोठालाले कछुवा फेला पारेको हो । गोठालाले कछुवा बिक्री गर्नलागेको अवस्थामा वातावरणको क्षेत्रमा काम गर्दै आएका प्राध्यापक देवराज दाहालले उद्धार गर्नु भएको हो । स्थानीय नाम ठाटरी भनेर चिनिने यसको वैज्ञानिक नाम इन्डोटेस्टीडो इलङ्गाटा रहेको दाहालले जानकारी दिए । नेपाल, वर्मा, भारत, चीन, लावस, थाइल्यान्ड कोलम्बियालगायतका मुलुकमा पाइने सो जातको कछुवा विश्वको दुलभ वन्यजन्तुको सूचीमा परेको छ । अन्दाजी ६० वर्षो सो कछुवा संरक्षणका लागि स्थानीय वेतना सिमसार क्षेत्रमा छाडिने जनाइएको छ । र्सवहारा वर्गमा पर्ने कछुवाले कीरा फट्याङ्ग्ररा, लाभा, वनस्पतिका कलिला मुना, पात, लेउलगायतका वस्तु मुख्य खानाको रुपमा लिने गर्दछ । एक किलो ९०० ग्राम तौल रहेको छ । सो कछुवाको संरक्षणका लागि स्थानीय बासिन्दाले समेत चासो व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु