फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता – नन्दलाल आचार्य

२०७० श्रावण १२ गते, शनिबार

शुभेच्छुक मित्र, बन्धुबान्धवहरू !
गुड मर्निङ्ग/नमस्ते/अभिवादन/लालसलाम !
र्सवप्रथम त जन्म दिनको शुभकामना दिने र शुभेच्छा प्रकट गर्ने सबै अग्रज, अनुज र सहकर्मी मित्र बन्धु बान्धवहरूमा हृदयदेखि नै आभार प्रकट गर्दै हार्दिक धन्यवाद भन्दछु । त्यस पछि भने मेरो यस जन्म दिनले ल्याएको मेरो जीवनको अर्को खुट्किलोको वारेमा मनमा लागेका कुराहरू ओछ्याउन खोज्दै छु । शुभेच्छुकहरूका समूहमा कुरा गर्न पाउनु पनि सौभाग्य नै हो । त्यसकै भरमग्घुर उपयोग गदै आज धेरै दिनदेखि मनमा गडेर बसेको ध्वाँसो हटाउने प्रयास गर्दै छु । यसबाट मर्का परेको वा चित्त कुडिएको अवस्था वोध गर्नुभएमा दश औंला जोड्नुको विकल्प मसँग छैन । बेर नगरिकन आजको अनुभूति सुनाउँदै छु ।
एका विहानै छोरी गरिमा उठेर आँखा मिच्दै थिई उसकी महतारीको सङ्केत आयो । हत्त न पत्त पुत्री बोली- ‘ह्याप्पी वर्थ डे बाबा !’ म झसङ्ग भएँ । भानुभक्त आचार्यको जन्मदिन असार २९ को अवसर पारेर ‘मूलबाटो’ अनलाईन साहित्यिक मासिक साहित्यिक पत्रिका निकाल्ने कुरा ताइपेइबाट डा. लेखनाथ काफ्लेले बरोबर मलार्इर्र्जानकारी दिइरहनुभएको थियो । पत्रिकाका केही काम पनि सुम्पनुभएको थियो । ती सारा काम गरेर म पनि मूलबाटोमा हिँड्ने यात्री जमातमा सहभागी भएको थिएँ । तर, आफ्नो जन्म दिनको सम्झना भने विल्कुलै गरेको थिइन । राजेश कोइराला, सुरेश वाग्ले, छविरमण सिलवाल, ज्ञानेन्द्र यादव, शैलेश मानव, लोकेन्द्र बञ्जरा, दिनमान गर्ुमछान, इन्द्रनारायण साह, विजय रजक, र्सर्ूय चेम्जोङ, वेदमणि घिमिरे, प्रतीक ढकाल, सचीन मण्डल, लक्ष्मी भट्ट, कृष्ण बस्नेत ‘भाग्य’, तर्ीथ देव, आकाश दैलो, रोहित भण्डारी, महेश यादव, खगेन्द्र देव, सुमीत गिरी, ऋषिराम खनाल, निरज मण्डल, किशोर पहाडी, प्रज्वल मण्डल, राधेश्याम लेकाली, चन्दन झा, नवराज ढकाल ‘नवोदित’, जुली मिश्रा, अजय साह, निरज सुवेदी, बसन्ता रिजाल, सीमा देव, पूजन न्यौपानेहरूका हातले लेखिएका शुभकामना सन्देश पढ्न भेट्टाएँ । अर्को पटक फेसबुक खोल्दा विवेक सिंह, हितेष झा, मनोज ढुङ्गाना, रोशन शर्मा, सन्तोष यादव, पशुपति देव, सितेश सिंह, मुकेश यादव, उज्जवल मिश्रा, मत्रि्रसाद ढकाल, राघवेश देव, कृष्ण वस्ती, निरज कोइराला, सुसन प्रेसलर, कवि विक्रम आदित्य, आयुष कुमार, विष्णु सिग्देल, सुनिल पोखरेल, अर्जुन घिमिरे, राम अविकास, मोहनराज शर्मा, रेश्मा देव, ओम साह, अनुराग रुँगटा, रोशन गाउँले, किरण रिमाल, उदय सिंह, इम्रान खान, अमृत भादगाउँले, आशर्ीवाद पौड्याल, विद्या सापकोटा, आशीष देव, पुष्कर सिंह, रमिता झा, श्रेष्ठ धीरकुमार, विवेक मण्डल, प्रवीणकुमार देव, राजेन्द्र शलभ, छविरमण घिमिरे, रमेश घिमिरे, वीरेन्द्र पाल, नरेश रोक्का, अमरद्वीप देव, नवराज पोखरेल, सागर अजनवी, रवि शंकर, सुनिल संगम, रमिता देव, इन्द्रनारायण चोङ्बाङ, आदर्श यादव, लेखनाथ काफ्ले, विनोद रिजाल, फूलवावु यादव, गोपाल विरही, ममता यादव, मित्र मिलन, स्प्रीया दाहाल, सुरेश वाग्ले, मधु माधर्ुय, तमन्ना पी. झा, केदार श्रेष्ठ ‘गगन’, यात्री शेखर, पूजा गोवर्द्धन, आयुषी झा, उज्जवल देव, लक्ष्मी गरिमा आचार्य, युआरएस बिट्टु, विजय साह, वैद्यनाथ झा, नवीन रिजाल, अञ्जना गौतम, अशोक आचार्य, कविराज गौतम, दलवीर सिंह ‘घायल’, बीना तामाङ्ग, साउ रोज -सरोज मण्डल), कृष्णानन्द यादव, पशुपति देवहरूको समेत शुभकामना-शुभेच्छा फेला पारेँ । समय फरक पारी फेसबुक संस्ारमा विचरण गरिरहँदा मेनुका थापा, अमृता घिमिरे, नतशा मिश्रा, राजेश यादव, विशाल खतिवडा, रञ्जु रिजाल, गणेश खड्का, र्सर्वेस यादव, गणेश खडका, आदित्य अर्यान, दीपक जडितलगायत दर्जनौंले फेसबुक वालमा शुभकामना र शुभेच्छा प्रकट गरेको पाएँ । खुशीको सीमा फराकिलो भयो । देसदेखि विदेशसम्म जन्म दिनको खबर फैलिएछ । ती सबै शुभेच्छाहरूलार्इर्र्सलाम ठोक्दै धन्यवाद भन्नु यत्तिखेरको धर्म ठान्दछु ।
नाम त जानिनँ तर कोही शुभेच्छुक हुनर्ुपर्छ । ९८५११३३२९९ बाट एउटा रोमनमा म्यासेज आयो- ‘पास्ट इज एक्पेरिएन्स, पर्जेन्ट इज एक्सपेरिमेण्ट ! फ्युचर इज एक्सपेक्टेशन, युज योर एक्सपेरिएन्स इन योर एक्सपेरिमेण्ट टु एचिभ योर एक्सपेक्टेशन । ह्यापी वर्थ डे टु यु ।’ अर्को पनि त्यस्तै चाख लाग्दा म्यासेजको आस गर्दै थिएँ । आउन त आयो, ९८०७७०५०१९ बाट आयो । रोमनमा लेखिएको थियो- ‘प्रिन्सिपल सर ! आइ ह्याभ फिबर टुडे । सो, आई कुड नट कम टु स्कुल ।’ छक्क परेँ । कसले पठायो । ३५ जना स्टाफ साथीहरू मध्ये कसैको होला भन्ठानेँ । सोच एकातिर छ, परिस्थिति अर्कैतिर भइदिन्छ । बडो रहस्यमय छ, जीवन । यसलार्इर्र्नबुझी बालेका बत्ती निभाउन मन लागेन । मनमा बत्ती बाल्न मन लाग्यो । र, ९८५११३३२९९ लार्इर्र्जवाफ फर्काएँ- ‘ऊर्जावान् विचार र शुभेच्छाका लागि सधन्यवाद आभार प्रकट गर्दछु ।’ अर्कोलार्इर्र्फर्काउन आवश्यक देखिनँ । औपचारिक सर्न्दर्भका अरू गन्थनको लहरो लामै हुन सक्छ । अरू लम्बेतान पाराले तिनलार्इर्र्समेट्न रुचाइनँ । अब भने मैले जाहेर गर्न खोजेको सर्न्दर्भतिर लैजान्छु ।
अरविन्दकुमार यादव सरकी नेपालगञ्ज बस्ने बहिनीका लागि धर्तीको बाटो बन्द भएछ । उनले हिँड्ने-हाँस्ने-नाच्ने स्थान, अवस्था र अवसर भेटिनछिन् । भुवनहरि कोइराला सरको भतिजोका परिवारजनले पनि उसको असामयिक निधनको पिरलो खप्नु परेछ । र, आसिन मियाँको मुखराविन्दबाट सुनेको अर्को खबर- ‘जितेन्द्र नामक ठिटो रुपनी-कठौना-कल्याणपुरस्थित लोकराजमार्गको पेटीमा बाइक रोकेर गफ गरिरहेको बेलामा बसले हानेर ठहरै पार्यो ।’ कलिला उमेरका ती विचाराहरूका लागि धर्ती प्यारो भएन । सांसारिक मायामोह प्रिय ठहरिएन । कलिला उमेरका ती नवजवानहरूले समाजको मुहार फेन सक्ने सामर्थ्य लिएर आएका थिए । आखिर अमूल्य मानिएको यस जीवनको मूल्य कति पो रहेछ र ! जति वसन्त ओइलिएर र्झछन्, उत्ति नजिक यमराज आइरहेको देखिरहेछु । कसैलार्इर्र्बाँकी नराखी सबैले धर्तीबाट र्फकनु नै पर्ने रहेछ भन्ने सोचिरहेछु ।
हुन त मित्रहरू ! जताभावी मन ओछ्याउनु ठीक होइन । मन छोएको छ एक ठाउँ, अर्को ठाउँ छोएर शान्ति पाइने होइन । ओछ्याएर बरू केही पाइएला तर चुपचाप बसेर केही पाइने होइन । कुरा प्रष्ट पार्न बाल्यकाल र्फकनर्ैपर्छ । क्रमशः, क्रमशः अघि बढ्नर्ैपर्छ । छिटो-छिटो बढ्ने हो भने केही पाइन्न । म स्वयम्ले सुस्तरी पाइला चाल्नुपर्छ । म यस कुरामा पनि होसियार छु । मनको पिरलो खुलासा गर्न गाह्रो भइरहेछ । कारण म अहिले बोर्डिङ्गे शिक्षक नामक काममा छु । त्यो पनि गोरू जोताइको सिलसिलालार्इर्र्आत्मसात् गर्दै जीवनरथ गुजारी रहेको छु । अर्कातिर पिलिन्धरे लेखक भई समाजलार्इर्र्ढाँटिरहेको छु । नैतिकताको पगरी गुथेर अनैतिक तवरले बाँचिरहेको छु । जसोतसो श्वास फर्ेर्नु नै सत्य भइरहेको छ । असत्यको जलप कतकतैै लागेको हुन सक्छ । तर, खोल भने सत्यभन्दा बाहिरको पहिरिरहेको छैन । आखिरमा, मलार्इर्र्खोक्रो आदर्शको माला भिन्नु पनि छैन ।
माफी चाहन्छु । आज म बाल्यकालका सपनाहरू तपाईंहरूका सामु राख्दै छु । यसले कुनै ठोस ज्ञान वा जानकारी कसैलार्इर्र्नदेला तर मैले लेख्न खोजेको कुरा चाहिँ प्रष्ट हुन्छ । मेरो अभीष्ट पूरा हुन्छ । र, म त्यसै, उसै बाँचिरहेको प्रष्ट हुन्छ । मलार्इर्र्मनको मैलो पखाल्ने प्लेटर्फम मिल्छ । भन्नु त धेरै थियो तर शब्द खसाल्न साह्रो परिरहेछ । यत्तिखेर मन हल्लिरहेछ । कारण-मेरी श्रीमती-छोरीले के भन्लान्, मेरा ससुराली खान्दानले के ठान्लान्, मेरा शिष्य-शिष्या दर्जाका दूधओठे अनुजहरूले के मान्लान्, मेरा अग्रज कलमधारीले के लेख्लान्, मित्रबन्धुहरूले सोच्लान् ! म प्रश्नैप्रश्नका बीच उभिएर उत्तर खोजिरहेछु । खोजिरहेछु उत्तर ! भेटिरहेकै छैन उत्तर ! मनले भन्दै छ- नभेट्ने उत्तर खोजेर हुन्न बाबै !
आज अर्थात् २०७० असार २८ गतेदेखि मैले नेपालको जागिर खाने दिनजति सबै खाएँ । हातमा सीप छैन । पाखुरीमा तागत छैन । घरमा बुढ्यौली उमेरमा हिँडिरहेका डाँडापारीका जूनघाम बाबुआमा छोराको कमाइ खान पाउने आशमा बस्नुभा’को छ । यहाँ डेरामा खर्चालु पुत्री सधैं खर्चमा डुबाइरहेकी छे । आठ वर्षउमेर वित्दा पनि होसियार हुनसकेकी छैन । अर्कातिर भात-तरकारी खाँदै नखाने श्रीमती पनि साथमा नै छे । उसकै पेटमा संसार हेन तम्तयार अर्को सृष्टि पनि समय कुरेर बसिरहेको छ । उसको डा. दीपा यादवको क्लिनिकमा पुगिरहनु मासिक धर्म भएको छ । एक पटकमा आधा तलव त्यतै चढाउन वाध्य हुनुपरेको छ । दवाईको दाम पनि कत्ति हो, हो । दवाईको सट्टामा खानेकुरा किन्न पाए र तागत बढाउनुपर्ने मान्छेले खाइदिए कत्ति मज्जा आउँथ्यो ! आफू परियो बोर्डिङ्गे माष्टर ! स्कूलको सानोतिनो जागिर, कमाइका बारेमा भन्न पर्दैन । पर्ुर्खेउली धरोहर सामान्य छ ! समाल्ने भाइ छ । म पनि त्यहीँ पासो लाग्नु मनासिब देखिएन । यी सबै मेरा वास्तविकता हुन् । दुनियाँलार्इर्र्आशर्ीवचन बाँड्दा-बाँड्दा आफूसँग भने रत्तिभर राखिएनछजस्तो लागिरहेछ । अहिले पो शिक्षा मिलिरहेछ ।
चालीस पार भएको यस घडीमा मलार्इर्र्विषालु कीरा पौडने अँध्यारो दहमा हाम फालेझैं भएको छ । यत्तिखेर म शिक्षकको पगरी गुथेको रक्स्याहा लोग्ने पाँच कक्षाकी बच्चीसँग सल्केको थाहा पाए पछि बेइज्जत हुन नसकेर आफ्ना तीन सन्तानसहित विष खाएर आत्महत्या गर्ने कोसिस गरेकी सप्तरीकी एक महिलालार्इर्र्सम्भिmरहेको छु । मलार्इर्र्पनि कताकता बेइज्जत हुने पिरलो मनमा गडेको छ । आत्महत्या नै अन्तिम छुटकारा हो झैं लागिरहेको छ । अकारणझैं लाग्ने घटना तर कारण लुकेको हुनपर्छ । त्यो पनि मैले सुनेको र पढेको नभएर देखेकै र भोगेकै कुरा पनि याद आइरहेछ । काखभरिका छोराछोरी, गालाभरिकी श्रीमती, सहरको तीन तले भवन, पेन्सन हुन लागेको अधिकृत दर्जाको सरकारी जागिर अनि पर्याप्त श्रीधनसम्पत्ति सबैलार्इर्र्त्यागेर मेरो लङ्गौटे साथीले विषपान गरेर धर्ती त्यागेको दुइ वर्षलागेछ । मेरै डेरा नजिककी घरधनीकी बीबीए पढिरहेकी छोरीले परीक्षामा फेल हुनुपर्दा बेइज्जत खप्न नसकेर गुम्छाको सहरा लिइछिन् । यी सबै इज्जतका लागि नभई बेइज्जत हुनबाट बच्नका लागि गरिएका कामहरूको नालिबेली हुनर्ुपर्छ । इज्जत राख्न त सकिएको छैन । बेइज्जत हुनबाट बच्ने मन थियो । मन हुँदाहुदै उमेर खलास भएछ । अब यताको भइएछ, न उताको ठानिएछ । अब आफ्नै देशमा अनागरिक बनेर मृत्य पर्खनुको विकल्प देखिरहेको छैन । यो अवस्था ल्याइदिने यो एकचालीसौं बसन्तलार्इर्र्म कसरी स्वागत गर्न सक्छु ! यस घडीमा म कसरी सुखी हुन सक्छु ! म कसरी खुशी हुन सक्छु !
२०७० सालको मेरो जन्म दिवस त मेरो बाँकी जीवन स्वाहा पार्ने एन्थ्य्राक्स हो । मन्द प्वाइजन हो । यो दुभाग्यको घडी सावित भयो । अब म कहिल्यै सरकारी जागिरतिर र्फकन पाउँदिनँ । चाहेर के हुन्छ र ! परिवारजनलार्इर्र्सुखी तुल्याउने साधन जुटाउन सक्ने छुइनँ । अब अग्रगति सोचका साथ काम गर्ने दिन सकिए । मेरो मूल्य दिनानुदिन घट्दै जाने भो । जतिसुकै हाड घोटे पनि कार्यक्षमतामा ह्रास आएको परिणाम निकाल्ने दिन सुरुआत भो । मूल्यसहित बाँच्ने मेरो अडान टुक्राटुक्रामा परिणत हुने भो । अब गुलामी गरी जिउन सक्नु पर्ने परिस्थिति जन्मियो । जन्म दिवसले सपना धुजा-धुजा पार्यो । मेरो अस्तित्वमा नै ठूलो प्रश्न चिन्ह लगाइदियो ।
दुनियाँ त जसरी पनि चलिरहेको छ । जे गरेर पनि चलिरहेको छ । म भने दुनियाँभन्दा अलगै तवरले हिँडिरहेको छु । ‘चोरी चकारी नगरी चतुर्याइँ हुन्न, दङ्गा फसाद नगरे इज्जतै रहन्न । सोझा र सज्जन कबै नलिनु दलैमा, पार्टीलाउनु सधैं छल औ बलैमा ।’ भनेर ‘नेता एक से एक’का अर्याललार्इर्र्सम्झन सकिरहेको छुइनँ । वरपरका कतिपय कुराहरू आँखाले हेरिरहँदा पनि मुखले बोल्न सकिरहेको छुइनँ । ‘अमलालार्इ अमूल्यानी, सुन्तलालार्इ र्र्मूल्यानी, बेलझैं चाहिँ नानी, भोगटेजस्ती कौडी नजानी’ भनेर सधैं युवावय मन ल्याउन पनि सकिरहेको छैन । सम्झँदा सम्झँदैमा आफ्नै डायरी उल्टाउन पुग्छु र भेट्छु आफ्नै पाङ्दुरे तीन सिर्जना जसमा चोखा कुराहरू खोज्न थाल्छु । लेखकले आत्ममूल्याङ्कन गर्न पनि जान्नुपर्छ र हिम्मत जुटाउन पनि सक्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन खोज्छु ।-
१. आएन हैन आयो,
न्यानो असहज भएर आयो ।
भविष्य धरमरिएर आयो,
नाङ्गालार्इर्र्झन् पीडा आयो ।
भोकालार्इर्र्अझ हैरान आयो,
रोगीलार्इर्र्चाँडो मृत्यु आयो ।
बैशाखसँगै घनघोर चट्याङ्ग आयो
रोग, भोक र शोक अझ थप भएर आयो ।
त्यही बाटो हुँदै आउनुपर्ने,
बसन्तले चाहिँ बाटो नै पाएन ।

हिमाल फुल्यो,
रक्तफाल्साले नदी सुसाएन ।
यस पाला बज्रेको कठोर बज्र,
फेरि, फेरि
सुनामी भएर, स्वाइन्फ्लू, वर्डफ्लू नाम गरेर
जितुवाको पंक्तिमा बस्यो,
जित्नेले हार्यो, हार्नेले जित्यो,
परिणाम सत्य आएन ।
समय त आयो, नयाँ वर्षतर बसन्तले आउने बाटो नै पाएन ।

जनघात बढ्न पुग्यो,
मान्छे मन रुखबाट लड्न पुग्यो,
दानव मन घरभित्र पस्न पुग्यो,
रावणराज मात्र आयो,
रामराजचाहिँ आएन ।
त्यसैले त,
बैशाख मात्रै नयाँ वर्षलिएर आयो,
बसन्तले भित्रने बाटो नै पाएन ।
-शारदामा प्रकाशित आफ्नै ‘बाटो नै पाएन’ कविता)
देखेको वास्तविकता लेख्न त जानियो । भोगेको वास्तविकता समेत लेख्ने कोसिस गर्दा गर्दै जन्मिएछ अर्को पाङ्दुरे सन्तान-
२. ‘तँ के र को होस् अनि कत्ति पानीमा छस्, हामीलार्इर्र्पूरापूरी थाहा छ । तँलार्इ यही धर्तीमा बाँच्नु छ भने होस्को दबाई खाएर काम गर् । हैन धर्तीबाटै सुइकुच्चा ठोक्नुछ भने आफ्नो मनमौजी गर् । आफ्नो अहमता पर््रदर्शन गर्दै हिँड् । मृत्युको मुख देखेको छैनस्जस्तो छ । यो अन्तिम चेतावनी हो, अब फुकीफुकी पाइला चालिनस् भने तँ नन्दलालको रूपमा कदापि रहँदैनस् । तँ नन्दलाल हैन गन्देलाल हुन्छस्, गन्देलाल, बुझिस् – पहार्डपर्वतका गुहेकीराहरू मैदानमा झरेर गुहुमुत गर्ने जमाना गए….कुरो सुन्दै छस् हैन…-‘
चेतावनीले चेतना उघार्यो । कसैको पिँडालुबारी नखनीकनै पनि धेरै हण्डर खप्नुपरिरहेछ । अझ आक्कल-झुक्कल पिँडालु बारीमा पस्ने हो भने त झन् के-के होला, होला । म भन्नै नसक्ने अवस्थामा छु । अर्कालार्इर्र्आइपर्ने पिरलो र पीडाको कारक तत्व आफूलार्इर्र्नै ठहर्याएको भेट्दा मन उम्लन्छ । कहिल्यै काहीं यस्तै हुन्छ भन्ठानेर चित्त बुझाउँछु । त्यसको विकल्प पनि हुन्न । खोजेर पनि कुनै लछारपाटो लाग्न सक्दैन ।
३. ‘प्रिय मित्र पुन्यजी, म वर्तमानले अघाएको छु । असाध्यै अघाएको छु । अरू एकपल यस ठाउँमा अडिने मन छैन । पाइलो उठाइहाल्ने सामर्थ्य समेत छैन । मेरो अन्त खनिएको बाटो छैन । खनिदिने अगाडि मान्छे छैन । अरूका मान्छेले अरूलार्इर्र्नै बाटो खन्दिछन् । मैले त आफ्ना खातिर आफैँ बाटो खन्नुपरेको छ । त्यसका लागि आवश्यक पर्ने हँसिया-हतौडा, खुकुरी-भाला, फरुवा-कोदाली, बञ्चरो-छिनो आफैँले जुटाउनर्ुपर्छ । मेरो कमजोरी नै हो- न मान्छे खटेको छ, न गतिलो औजार जुटाको छ, न कतै अन्त बाटो नै खनेको छ ! मनमा भित्रैदेखि आगो सल्केको छ । बिल्कुलै लाटो भएर जिउँन सकिएको छैन । केही चनाखो भएर हिँड्न खोज्दा पाइलो राख्ने ठाउँ नै पाउँदिनँ । कताकता अपर्ूव मृत्युको त्रासले सपनी र विपनी दुबैलार्इर्र्गाँज्न थालेको छ ।’
बेलाबेलामा यी विभिन्न थरिका कुराहरू लेख्न त लेखियो । धेरै काल हण्डर पनि खपियो । बाँकी काल कसरी विताउने त्यही उल्झनमा नमज्जाले परियो । जन्म दिन बारे घोत्लँदा घोत्लँदै नाना थरिका गन्थन पनि पानाभरि-भरि समेटियो । यस बारे स्पष्ट मेरो मत के हो भने जन्म दिन जन्मको उत्सव नभई यो त मृत्युउत्सव हो । यसमा खुशी मनाउनु राम्रो कुरा हो तर बुझेर मनाउँदा अति उत्तम हो । मृत्युप्रेम जसले गर्न सक्यो त्यसले नै जीवनको सुखभोग गर्छ । हैन भने मृत्युको मुखमा हामी पुगिरहेका छौं, त्यसको वोध नगरी वरण गर्नुपर्यो भने त्यो अनर्थ हुन जान्छ । जीवनलार्इर्र्धोका दिनु छैन । मृत्युलार्इर्र्घृणा गर्नु छैन । इज्जत कमाउने स्वाङ रच्नु पनि छैन । तर, बेइज्जत हुनबाट जोगिनु भने छ । सरल र सौम्यतापूवक मृत्युको पदार्पणसम्म इज्जतका साथ शिर ठाडो पार्नु भने छ । त्यसका लागि बाटो खन्नु पथ्र्यो, खनिएनछ । त्यसका लागि गोडमेल गर्नुपथ्र्यो, गोडिएनछ । धत् ! विनासित्ती चार दशक वसन्त त्यत्तिकैमा फुलाईएछ ।
जन्मदिन सोह्र बर्षम्म र साठी वर्षछि मनाउनु उत्तम हो । त्यस बीचमा त मानिसले जीवन खोज्नर्ुपर्छ । सोह्र र साठी बीचको उमेरमा त मृत्युलार्इर्र्प्रेम गर्न सक्नर्ुपर्छ । मृत्युलार्इर्र्हृदयतः स्वीकार गर्न सिक्नर्ुपर्छ । नजिकबाट मृत्युको चिना/जन्मकुण्डली जान्नर्ुपर्छ । अनि पो जीवनको सुगन्ध लिन सकिन्छ त ! सुरुका सोह्र वर्षसुझबुझको कमी हुन्छ । अपूव जोस हुन्छ, जाँगर हुन्छ । मृत्यु भन्ना साथ डर लाग्छ । त्यस डरलार्इर्र्जित्ने सामर्थ्य हुन्न । सामर्थ्य नहुने काममा धेरै प्रयास गर्नु पनि हुन्न । अर्कातिर साठी पछि त बसी खाने उमेर हो । त्यत्तिञ्जेल मृत्यलार्इर्र्पराजित गर्दै आएको अनुभव पनि हुन्छ । जीवन र मृत्यु दुबैप्रति उत्तिकै मोह हुन्छ । त्यस समय पछि जन्म दिवस मनाउनु स्वभाविक हो । किनभने जन्मको मूल्य बढ्दै गएको हुन्छ । अतः म जन्म दिवस मनाउने समयबाट पार पाइसकेको मान्छे परेँ । यसमा दिलचस्पी नभएको मान्छे परेँ । लोकलाज ढाक्न र तबैतारे गर्न फुसदमा भएँ र मनले चाहेँ भने फेसबुकमा लेखिदिन्छु- ‘जनम दिन मुबारक हो ! जनम दिनके शुभकामना अछि । ह्यापी वर्थ डे टु यु ! जन्म दिनको हार्दिक शुभकामना !’ यदाकदा रिर्टन पाउने अपेक्षा पनि रहन जान्छ । ती कुरा फरक कुरा हुन् । तर, यो वसन्तले छाडेर जानु नै मेरो बाँकी जीवनमा धक्का लगाउनु हो ।
मित्र बन्धुहरू ! गन्थन त लामो भयो । अब छोट्याउनतिर लाग्दछु । पैसामा नैतिकता लिलाम भएको देखेको छु । ठूलो हाकिमले पनि दुइ पैसाको लोभमा गद्दारी गर्ने गरेको सुनेको छु । सत्य काम गर्न पनि द्रव्यदानबिना हुँदै नहुने गरेको भोगेको छु । आ कत्ति त्रास लिनु ! कत्ति निराश हुनु ! आश राख्ने ठाउँ पनि त बनाएकै छु । आफ्नो मनबाट आफैँलार्इर्र्भरोसा समेत दिएकै छु । सबैको मनमनमा ‘म पनि एक जना विजयी हुनसक्ने उम्मेद्वार हुँ’ भन्ने कुरा छाएकै छु । अझै इमान्दारिता कतैकतै लुकेको रहेछ भने म पनि सरकारी जागिरे हुन्छु । चाउरी परेका बुबाआमाको ओठमा मुस्कान ल्याइदिन्छु । निरास भएका ससुराली परिवारजनमा अपूव ज्योति छरिदिन्छु । जीवनसंगिनीका अनुहारमा आनन्दका रेखाहरू दौडाइ दिन सक्छु । पुत्रीको चञ्चल संसारलार्इर्र्सम्बोधन गर्दिन सक्छु । संसारमा आइरहेको नयाँ मान्छेलार्इर्र्स्वागत गर्न सक्छु । ‘यो सरकारी जागिरे हुनै सक्दैन’ भन्ने ज्योतिषी बाजेको भविष्यवाणीलार्इर्र्फेलुअर बनाइदिन सक्छु । मुलुकको होनाहार सरकारी जागिरे ठहरिन सक्छु ! बेतिथिलार्इर्र्रूपान्तरण गरी समुन्नत समाजनिर्माणमा कोसेढुङ्गा सावित हुन सक्छु । कारण- २०६९ सालको शिक्षा सेवा आयोगमा म पनि सम्मिलित छु । दर्बिलो उम्मेद्वारको रूपमा खडा भइरहेको छु । यस्तै यस्तै शुभेच्छा रहेमा म त पक्कै सगरमाथा काँधमा बोकेर नाच्न सक्छु । महोत्तरीको मुसहर्निया हत्केलामा लिएर हाँस्न सक्छु । टार/उपत्यकाहरूमा प्रगतिका गीतहरू गाउन सक्छु । छातीभरि विशाल नेपाल राखेर उदाउँदो र्सूय मज्जाले भेट्न सक्छु । शुभेच्छा र सद्भावका लागि लाख-लाख धन्यवाद !! – — हालः लिटिल फ्लावर उच्च मा.वि., राजविराज-९, सप्तरी

प्रतिक्रियाहरु