साहित्यको राजधानी बन्दै राजविराज – नन्दलाल आचार्य

२०७० असार ३० गते, आईतवार

साहित्यको रेगिस्थान ठानिने सप्तरी जिल्लामा पनि प्रशस्त साहित्य रहेको छ तर लेखिएको भने कमै छ । यहाँ त साहित्यिक खुराकको खानी नै रहेको छ । किनभने यहीँको भावभूमिमा टुकुटुकु हिँड्दै देवेन्द्र मिश्र, भोला झा, देवकरण माझी, विक्रमश्री, धीरकुमार श्रेष्ठ, राजेश व्रि्रोही, करुणा झा, किरण झा, पार्वती राउतहरू माथिल्लो कोटिमा पुगिसकेका छन् । राष्ट्रिय पहिचान बोकेका भुवनहरि कोइराला, गीता निरौला, विनोद सुवेदी, मञ्जु श्रेष्ठ, इन्द्र थापा, खिलानाथ गौतम, डिल्लीराम खतिवडाजस्ता नेपाली भाषाका सिद्धहस्त व्यक्तिहरूले सप्तरीलाई साहित्य-भाषाका दृष्टिले श्रृङ्गारपटार गरिरहेकै छन् । साङ्गीतक क्षेत्रमा मलेठका सत्यदेव यादव, डाढाका कुमार बब्लु, बसानपट्टीका वीरेन्द्र सप्तरीया, शैलेन्द्र विश्वकर्मा, कल्याणपुरका मायानन्द विश्वकर्मा, राजविराजका राजेश्वरप्रसाद साहहरूले जिल्लाको रथ हाँकिरहेका छन् । उसो त पत्रकारिता जगत्बाट श्यामसुन्दर यादव, श्रवण देव, राजेश झा, वैद्यनाथ यादव, सुधा देव, राजु विश्वकर्मा, देवनारायण यादव, जितेन्द्र झा जितु, अम्बिका दाहाल, माला कर्ण्र्ाानवीन गुप्ताहरूजस्ता दर्जनौँ युवा पत्रकारहरूले जीवनै यसै क्षेत्रमा व्यतित गरिरहेका छन् । त्यसो त शिशुप्रसाद देवकोटा, शिवहरि भट्टर्राई, व्यासशंकर उपाध्याय, बैद्यनाथ झा, अनिलकुमार अनल, मुरलीप्रसाद यादव, भोलारमण उप्रेती, सुरेन्द्र गुप्ता, धीरेन्द्र साह, देवराम यादव, मनोहर पोखरेल, प्रकाश खतिवडा, सतिस दत्तहरूजस्ता प्रौढ र अग्रज पुस्ताले निर्माण गरेको इतिहास यत्ति चाँडो भुल्न मिल्दैन । तिलाठीका सुधानन्द झा, वीरपुरका देवेन्द्र मिश्र, धनराज कम्पनीका स्व. बुधुरलाल जोकर, दर्ुर्गीलाल विश्वकर्मा, विन्दीलाल विश्वकर्मा, सकरपुराका भूषण सिंह ‘भवर’, मलेखपुरका महेन्द्र मण्डल ‘वनवारी’, शम्भुश्री, बनौलीका देवकरण माझी, खुरहुरियाका डा. शिवशंकर यादव, श्यामसुन्दर यादव, कविलासाका रवेन्द्र मडर ‘रवि’, राजविराजका मीना ठाकुर, विद्या मिश्रा ‘भारती’, स्वतन्त्र विकास, गजेन्द्र माझी, ब्रह्मपुर मा.वि.का शिक्षक सागर वीर कडारी, खुरचुहियाका रामदेव चौधरी ‘अजनबी’, अशोक झा ‘सन्तोष’, महदेवाका सुजितकुमार राउत, हनुमान माझी, घोघिदाहाका घुरन चौधरी, मनोज तिवारी, पवन सायवाल, मुक्तार आलमहरूले समेत निरन्तर जसो गीतहरू लेखेर सप्तरीको स्थान उच्च तुल्याएका छन् । त्यसै गरी राजविराजकी मञ्जु श्रेष्ठ, साधना झा, बच्ची मिश्रा, करुणा झा, पार्वती राउत, कमला भंसाली, विवेकानन्द झा, बनैनियाका आनन्द झा ‘अग्निहोत्री टुहुरे’, मौवाका आयुषी झा, कमलेश झा, रूपनगरका भोजराज रेग्मी ‘मार्शेली’, लक्ष्मी रिजाल, भक्ति लामिछाने, कृष्ण तिमिल्सिना, कविलासाका अरविन्दकुमार यादव, लिटिल फ्लावर मा.वि., राजविराज मोडेल क्याम्पस र वर्ल्डभिजन क्याम्पसमा शिक्षणरत् नन्दलाल आचार्य आदिले गीत, कविता, गजल लेखनमा विशेष सक्रियता देखाउँदै आएका छन् । राष्ट्रिय चिन्तनलाई समेत गम्भीरताका साथ आत्मसात् गर्दै यहाँ सयौँ र्सजकहरू भित्रभित्रै दबेर बसेको पाएको छु ।
चित्रकलाका क्षेत्रमा भने राजविराजका गोविन्द आजाद, भुवनेश्वर राउत, हरिपुरका प्रमोदकुमार वि.क., बनरझुलाका दर्ुगानन्द चौधरी, रामानन्द चौधरी, हनुमाननगरका हरिओम मेहेता, मोहनपुरका जयराम वि.क., भङ्गाहाका हरि वि.क. आदिले सप्तरी जिल्लाको चित्रकला क्षेत्रमा गौरवशाली स्थान ओगटेका छन् । यी चित्रकारहरू व्यवसायिक आर्टस् र फाइन आर्टस् दुवै क्षेत्रमा सक्रिय छन् । तीमध्ये पनि हरिपुरका प्रमोदकुमार वि.क. चाहिँ फाइन आर्टस् क्षेत्रमा अग्रस्थानमा छन् । त्यसो त प्रमोदकुमार वि.क., दर्ुगानन्द चौधरी, हरिओम मेहेताहरू काठमाडौँ स्थित ललितकला क्याम्पस र सिर्जना कलेज अफ फाइन आर्टस्मा अध्ययनरत् समेत छन् । यी चित्रकारहरूले नेपाल र भारतका विभिन्न स्थानहरूमा सोलो -एकल) र संयुक्तरूपमा चित्रकला पर््रदशनी गराइसकेका छन् । गाँस, वास र कपासको मुख्य माध्यम चित्रकारितालाई नै बनाएर जीवनरथ हाँकिरहेकाहरूको सङ्ख्या समेत उल्लेखनीय छ । मैथिल नारीहरू र्सजक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको मौलिक सांस्कृतिक सम्पदा बनेको छ । विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ । मर्ूर्तिकलाका क्षेत्रमा राजविराजलाई कार्य क्षेत्र बनाई कार्यरत् तापस पाल, कञ्चिराका सिम्रिकलाल चौधरी, ज्ञानबहादुर चौधरी, इन्द्रदेव वि.क., हरिपुरका नागेन्द्र वि.क. आदिले सप्तरी जिल्लाको मर्ूर्तिकारिताको रथ हाँकिरहेका छन् । विशेषतः सहिदहरूको शालिक, धार्मिक मर्ूर्ति, वरिष्ठ व्यक्तिहरूको प्रतिमा, कार्टर्ुुमर्ूर्ति, चेतनामूलक मर्ूर्ति निर्माण क्षेत्रमा सप्तरीका मर्ूर्तिकारहरूले आ-आफ्नो प्रतिभा देखाइरहेका छन् । यहाँ धार्मिक पर्वहरूमा देवीदेवताहरूका मर्ूर्तिहरूको माग अत्यधिक रहेको पाइन्छ । नेपालको मिथिलाञ्चल कला-संस्कृति, रहनसहन, पर्व मेलामा धनी छ । नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा ओगटेको छ ।

दर्ुइ सयौं भानु जयन्तीको पुनित उपलक्ष्यमा राजविराजमा साहित्यिक गोष्ठी सम्पन्न भयो । विश्व नारी नेपाली साहित्य समाज, सप्तरी र सामुदायिक सेवा केन्द्र, राजविराजको संयुक्त आयोजनामा उक्त गोष्ठी भएको थियो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुमार पाठकको अध्यक्षता तथा नेपाली साहित्य समाजकी सगरमाथा अञ्चल स्तरीय उपाध्यक्ष करुणा झाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा समाजकी जिल्ला कोषाध्यक्ष पूनम पोखरेलद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो । पार्वती राउत, बिमला देव, नन्दलाल आचार्य, सुरेन्द्र गुप्ता, गीता निरौला, बीरेन्द्र साह, श्यामसुन्दर यादव, देवकरण माझी, मञ्जु श्रेष्ठ, हितनारायणलाल दास, करुणा झा, साधना झा, कुमार पाठकलगायतका साहित्यिक र्सजक तथा अनुरागीहरूले आदिकवि भानुभक्त आचार्यको साहित्यमा गौरवशाली योगदान रहेको विशद् चर्चा गर्दै आ-आफ्ना रचनाहरू वाचन गरेका थिए ।
कार्यक्रममा नन्दलाल आचार्य र श्यामसुन्दर यादव समीक्षक रहेका थिए भने उद्घोषण अम्बिका दाहालले गरेकी थिइन् । समाजकी सप्तरी जिल्ला अध्यक्ष समेत रहेकी पार्वती राउतले प्रत्येक महिनाको अन्तिम शनिबार साहित्यिक गोष्ठी आयोजना गर्ने योजना सुनाउँदै कार्यक्रममा वाचन भएका रचनाहरू समेटेर वाषिर्क साहित्यिक अङ्क प्रकाशन गरिने जानकारी गराएकी थिइन् । कार्यक्रमका अध्यक्ष कुमार पाठकले श्रावण महिनाको अन्तिम शनिबार श्रृङ्गार रस प्रधान रचनाहरू वाचन हुने भएकोले सोहीबमोजिमका रचनाहरू तयार पारेर निर्धारित समयमा कार्यक्रममा सहभागी हुन आग्रह गरेका थिए । उनले प्रत्येक महिना भिन्न-भिन्न रस प्रधान रचनाहरू वाचन हुने कुरा समेत वताएका थिए । गीता निरौलाले र्सजक सधैं सम्मानित व्यक्ति भएकाले भानुभक्त भानुझैं सदा साहित्याकाशमा झुल्किरहने र उज्यालो छरिरहने विचार व्यक्त गर्दै मुखाग्र रहेका युगसापेक्ष कवितांशहरू सुनाएर सहभागीहरूलाई मन्त्रमुग्ध पारेकी थिइन् । साहित्य सिर्जनाले समाजको समुन्नतिमा कोशेढुङ्गाको काम गरिरहेको अनुभूति समेट्दै कामहरू थाँती राखेरै भए पनि यस खाले कार्यक्रममा सहभागी हुनुपर्ने कुरामा पूनम पोखरेलले जोड दिएकी थिइन् ।
त्यसैगरी भूगोलको एकिकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाह भए पनि भाषिक एकिकरणद्वारा नेपाली जनतालाई एकताको सूत्रमा उन्ने महान् र्सजक भानुभक्त आचार्य नै रहेको विचार नन्दलाल आचार्यले व्यक्त गरेका थिए । भावनालाई भाषाले तगारो हाल्न नसक्ने भएकोले आफूलाई सजिलो र सहज लाग्ने भाषामा भावना पस्कन सकिने वातावरण साहित्यिक कार्यक्रममा हुनुपर्ने धारणा अम्बिका दाहालको थियो । एनजीओ/आइएनजीओ तथा अन्य राजनैतिक दलहरूका कार्यक्रमले निरस पार्ने तर साहित्यिक कार्यक्रमले सहभागीहरूमा उत्साह थपी ऊर्जावान् बनाउने अनुभव सुनाउँदै करुणा झाले साहित्यकारहरूको कुनै लिङ्ग, जाति, धर्म, भूगोल र अन्य बन्धन नहुने हुनाले जुनसुकै भाषाका साहित्यकार पनि सबैका लागि र सधैंका लागि उत्तिक्कै पुजनीय रहने विचार व्यक्त गरेकी थिइन् । राजविराज नगरीमा नियमित साहित्यिक कार्यक्रमहरू भइरहेमा नयाँ/पुराना र्सजकहरूले प्लेटर्फम पाउन सक्ने धारणा राख्दै अग्रज र्सजकको सम्मान गर्न सकेमा नै साहित्यिक माहोल तयार हुने र समाजलाई अग्रदिशा दिन सकिने विचार सुरेन्द्र गुप्ताको थियो । समाज सेवाको अर्को रूप नै साहित्य सेवा रहेको ठहर गर्दै मञ्जु श्रेष्ठले साहित्यिक जमघट विशुद्ध ज्ञानविज्ञान र सिर्जनाको संवाहक बन्ने गरेको अनुभूति सुनाएकी थिइन् । पचास जना साहित्यानुरागीहरूको जमघट रहेको उक्त कार्यक्रम राजविराजको अफिर्सस क्लवमा पाँच घण्टासम्म चलेको थियो ।
उक्त अवसरमा वाचन गरिएका रचनाहरूको सङ्क्षिप्त समीक्षा प्रस्तुत छ- र्सवप्रथम ‘भनसुनको देश’ नामक कविता कृति साहित्य भण्डारमा र्समर्पण गरिसकेकी र कथा सङ्ग्रह प्रकाशनमा तन्मन लगाइरहेकी र्सजक पार्वती राउतले टाउको नै मान, सानको अमूल्य अङ्ग भएको जनाउ दिँदै परिस्थितिले टाउको दुखाउने शाश्वत पक्ष ‘म टाउको’ कवितामार्फ् ओकलेकी थिइन् । उनलेे फुकिफुकीकन कदम सार्नुपर्ने आवश्यकता औंल्याउँदै राजधानीले देश खाएको प्रति आक्रोस पोखेकी थिइन्-
हे आँखा ! सबैको दुःखलाई हर्ेर्ने गर,
हे कान ! सबैको गुनासा सुन्ने गर ।
हे नाक ! सबैको बासना सङ्कलन गर,
हे गिदी ! सबैका लागि बराबरी सोच्ने गर ।
‘मेरो मन’ शर्ीष्ाक गीती कवितामा आफ्नो मधुरो स्वरमा कवयित्री विमला देवले प्रकृतिलाई संगिनीका रूपमा दाँजेर उसैसँग लुकामारी खेल्न चाहेको भावना व्यक्त गरेकी थिइन् । मानव नभएको भए विशाल नभमा स्वतन्त्र विचरण गरी अनगिन्ती संगिनीहरू बनाउने भावना सम्प्रेषण गर्दै मधुर स्वर निकालेकी थिइन्-
शून्य विशाल नभमा स्वतन्त्र भई उडी जाऊँ
मन लाग्छ हराउन, आफ्नै मन आँगनको पारी ।
भन्छ मेरो सुन्दर मन, नगर तिमी पागलपन
मानव हौ तिमी धराको उड्छौ कसरी पंक्षीसँग ।
उदयपुर जिल्लामा जन्मेर २०४७ सालदेखि राजविराज -सप्तरी)लाई कर्मक्षेत्र बनाई जीवनरथ हाँकिरहेका र ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ -०६७) नामक नाट्यकृति प्रकाशन गरिसकेका तथा कथा, कविता, समीक्षा, निबन्ध विधामा निरन्तर कलम खारिरहेका र्सजक नन्दलाल आचार्यले मुलुकका जल्दाबल्दा समस्याहरूप्रति कटाक्ष गर्दै मधेसलाई हर्ेर्ने दृष्टिकोण बदल्नुपर्ने विचार सहितको ‘मधेसमा बसन्त बहार’ नामक पत्रात्मक निबन्ध प्रस्तुत गर्दै भने- ‘सम्माननीय प्रधानमन्त्रीज्यू ! आशय थुप्रै निस्कन्छन् । चोट दिनेले भोट पाउन्न । चोटको दर्द नमेटिउञ्जेल मनमा आदर जन्मदैन । मनको स्वभाव नै चित्रविचित्रको हुन्छ । सबैलाई सधैँ एकै खाले तुलोमा राखेर हर्ेदा इतिहास झुटो बन्दो रहेछ । मन खाने कामको कुरा छाडे निष्पक्षता कहाँ पाइन्छ र ! सधैँ फलामलाई फलामले नै काट्दै आएको छ । बन्दुकलाई बन्दुकले नै पहरा दिँदै आएको छ । फलामका अघि फलाम झुक्दैन, बन्दुकका अघि बन्दुक झुक्दैन । त्यहाँ मानव मन जुट्ने हो भने फलाम पनि रूपान्तरण हुन्छ । बन्दुक पनि थान्को लाग्छ । जहाँ जति बढी द्वन्द्व छ, त्यहाँ त्यत्ति बढी मेल लुकेको छ । मेललाई झेल देख्नु विनासको सूचक हुन्छ । मधेसमा देखिएको मसिनो भावनामा मन कल्पाउने तागत पनि लुकेको पाएको छु । म यहाँ सम्पर्ूण्ा नेपाल र नेपालीकै भोलि देखिरहेको छु । थोरै भए पनि सुनौला फूल फूलिरहेको पाएको छु । मनले मधेसलाई जित्नर्ुपर्छ, बाँकीलाई मधेसीले नै जिताउँछन् भनिरहेछु । थोरै मधेसलाई जितेर त हेर, पूरै मधेसलाई जित्ने मौका स्वतः आउँछ । आजसम्म मधेसलाई हराएर राज भो, हारेकाले जित्न खोजेको मात्र हो । जित्नका लागि त्याग देखाउन पनि सक्नर्ुपर्छ । विना त्यागको जितौरी दर्ुइ दिनको मात्र हो । फेरि हार्नकै लागि दर्ुइ दिन जित्नु अनिष्ट निम्त्याउनु हो । हार्न नजान्नेले जित्न पनि जान्दैन । जितलाई बचाउँन नसक्नेले हारलाई सहन पनि सक्दैन । सधैँ थिच्न जित्नु परेको छैन । सधैँ विगत विउँझाउन मनासिव पनि छैन । विगतको अध्यायलाई उल्टाएर नपढे नयाँ रोडम्याप पनि पत्ता लाग्दैन । रोडम्याप विनाको काम अँध्यारोमा बन्दुक चलाएझैँ घातक हुन्छ । मनले मधेसीलाई हृदयमा बसाउनर्ुपर्छ । मनले मधेसीलाई नेपालीमा रूपान्तरण गर्नुपर्छ । मन नै नभएकाहरू मधेसमा मह चाट्न आउँछन् । तिनै चटुवाहरूले मधेसलाई मसानघाट बनाए । दानवीर बन्नु परेको छैन, खानी छ यहाँ । दिन परेको छैन, नखोसे भएको छ यहाँ । दयालु मनले रित्तो झोला लिएर आऊ, भरेर लैजाऊ । क्रोधी मन र षडयन्त्रपर्ूण्ा दिमाख लिएर आऊ, मार या मरेर जाऊ । यो पनि हो-भर्ता झोला ल्याऊ, खन्याउने ठाउँ मिल्छ यहाँ । बाँकी दुःखका घर कैँटे बन्दुकहरू स्थूल मनको अघि टिक्न सक्दैन । कैँटेलाई मधेसले नै पाताल भसाउँछ । भरौटेलाई पाखा पार्दिन्छ । मधेस विवेकले ताते चैत्र, बैशाख आउँनै पर्दैन, सधैँ-सधैँ वसन्त बहार रहिरहन्छ । वसन्त फुलिरहन्छ । वसन्त फक्रिरहन्छ । म पनि फुल्छु वनैभरि लालीगुँरास भएर । म पनि फक्रन्छु, मुसहर्नियादेखि चोमोलुङ्मासम्म पुगेर ।’
‘खै ! किन दुख्दैन अब !’ शर्ीष्ाकको आफ्नो कवितामा कवि सुरेन्द्र गुप्ताले होससहितको जोसले अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै क्रान्ति मैदान खाली गर्न नहुने काव्यात्मक विचार राखेका थिए । भोकका अगाडि सबैले झुक्नुपरेको तीतो सत्यलाई औंल्याउँदै र्सवप्रथम भोकको समाधान हुनुपर्ने आवश्यकता प्रकट गर्ने कविता वाचन गरेका थिए-
भोकको आगोमा सारा आवाज, सबै प्रतिकार डढी सके ।
सारा मर्यादा र सारा संस्कार भोकका अगाडि नतमस्तक भइसके ।
भोकका अगाडि क्रान्तिको कद होचो देखिन थालेको छ,
आदर्श छोटा भएका छन् ।
भए एक तुर्को दाल दिलाई देऊ,
भए एक गाँस भात दिलाई देऊ ।
‘बोल्न देऊ’ शर्ीष्ाकको आफ्नो कवितामार्फ् कवि वीरेन्द्र साहले भाषाको कमजोरीले मनमा गुम्सेका भावना र्सार्वजनिक गर्न नसकेको वास्तविकतालाई अघि सार्दै भावना बाहिर ल्याउन सङ्र्घष्ारत् रहेको विचार व्यक्त गरेका थिए-
ओठ बोल्न खोज्छ तर थरथराउँछ,
दबिएका आवाज उठ्छ तर लरबराउँछ ।
ए आमा !
मलाई कस्तो समाजमा जन्म दियौ !
बुझ्छु तर बोल्न सक्दिनँ,
भाषाले आवाज अवरुद्ध पार्दिन्छ,
तर, आमा ! हार मान्न जानेको छैन,
सङ्र्घष्ा गर्न छाडेको छैन ।
मैथिली भाषाको ‘पढि लिख कए बानर भेलियौ’ शर्ीष्ाककोे आफ्नो कवितामा कवि श्यामसुन्दर यादवले आम नागरिकको एकनासे पीडालाई सम्बोधन गरेका थिए । उनले लेखपढ गरेका व्यक्तिहरू नै वेरोजगारी भएको र शारीरिक श्रमबाट पन्छेर हिँड्न पुगी परिवारका लागि उचित तवरले भरथेग गर्न नसक्ने गरेको विचारलाई काव्यात्मक रूप दिँदै मधुर वाणी प्रदान गरेका थिए-
पाटी पढलियौ, सिलेट पढलियौ,
करचीक कलमसँ लिखना लिखलियौ,
पत्थ्ारखडी घँसिघँसि लिलार लिखलियौ
गे माय ! पढि-लिख कए बानर भेलियौ ।
बनौला-४, सप्तरी स्थायी ठेगाना भई हाल राजविराज-६ मा बसोबास गर्दै आएका युवा र्सजक देवकरण माझीद्वारा एकल गीती लेखन रहेको ‘पहिलो प्रेम’ नामक नेपाली गीतिक्यासेट चर्चामा छ । हुन त उनी २०६३ सालमै भूपेन्द्र रायमाझीको सङ्गीतसंयोजन र सन्तोषकुमारको स्वरमा रर्ेकर्ड भएको ‘सरस्वती बन्दना’ भजन लेखनसँगै गीत-सङ्गीत क्षेत्रमा हाम फालेका हुन् । त्यसपछि आएर उनी ‘फैसनवाली छौंडी’, ‘प्रेमक डोर’, ‘मुठिया बचत’, ‘सजनी भेल बेइमान’, ‘दिलमे फूल फुलल’जस्ता मैथिली गीतिक्यासेटहरूमा समाविष्ट तीन दर्जनभन्दा बढी गीतका र्सजक बनेका छन् । थारू भाषाको सिनेमा ‘तोहर यादमे’, मैथिली भाषाको सिनेमा ‘सँगे जिबै सँगे मरवै’ जस्ता सिनेमाका गीतहरू पनि उनले लेखिसकेका छन् । ‘सजनी भेल बेइमान’ क्यासेटमा सङ्गीत दिने र केही गीतिक्यासेटका निर्माता समेत बनेका माझी दामको लागि नभई नामको लागि साहित्य र सङ्गीतमा होमिएको बताउँछन् । ‘प्रेमक रिस्ता’ गीतिक्यासेट र ‘माटिक घर’ लघुकथा प्रकाशनमा जुटेका माझीका ‘अमर प्रेम’ र ‘गौरव-गरिमा’ नामक दर्ुइ गीत सङ्ग्रहहरू प्रकाशनको लहरमा छन् । उनको ‘हमर मनोरथ’ नामक मैथिली भाषाको गीत/गजल सङ्ग्रह प्रकाशित छ । उनै युवा गीतकारले प्रेमप्रणयको सिलसिलालाई जोड्दै आफ्नो गीतमा विरहव्यथा समेट्ने काम गरेका थिए-
एक्लो जीवन विताऊँ कसरी, तिमीबाट धोका खाएँ,
नयनभरि आँसु हाँसूँ कसरी, चारैतिर बदनाम भएँ ।
हजार चोट छातीभित्र तिमीलाई देखाऊँ कसरी,
आँसुको सागर मेरो आँखाभित्र सुकाऊँ कसरी ।
‘भोकतन्त्र’ शर्ीष्ाकमा मुखाग्र कविता वाचन गरेकी कवयित्री मञ्जु श्रेष्ठले शिक्षिका हुँदाको शैक्षिक क्षेत्रको विकृत रूपलाई र्छलङ्ग पार्दै मधुर आवाज दिन भुलेकी थिइनन्-
कस्तो लोकतन्त्र आयो, मनतन्त्र हुने भो,
चिठ नगरी विद्यार्थी पास नहुने भो ।
ज्ञानबुद्धि खोला पारी, कुबुद्धि लिने भो,
कापी कलम पर फाली गाँजा चुरोट खाने भो ।
साझा प्रकाशन, ललितपुरले प्रकाशन गरेको मैथिली भाषाको कविता सङ्ग्रह ‘भगजोगनी’ की कवयित्री करुणा झाले समाजमा देखेको कटु-सत्यलाई काव्यात्मक रूप दिँदै पाखण्डी व्यवहारको भण्डाफोर गर्ने नीति अवलम्बन गर्ने प्रवृतिलाई आत्मसात् गरेकी छिन् । उनको अति लोकप्रिय ‘समय नहि अछि’ शर्ीष्ाकको तलको कविताको कार्यक्रममा उच्च मूल्याङ्कन भएको थियो-
समय नहि अछि, समय नहि अछिर्,र्
इ बात आइ काल्हि आम बनल
जिनका पुछियौ, समय नहि अछि,
सब कियो आइ काल्हि खास बनल ।
पढबाक लेल समय नहि,
भेटबाक लेल समय नहि
प्रातः काल उठबाक समय नहि
जन्म देनिहार माय बापक लेल समय नहि,
जिनका पुछियौ, समय नहि अछि,
सब कियो आइ काल्हि खास बनल ।
चिन्तके लेल समय नई
मननके लेल समय नई
जिन्दगी के सही ढङ्ग सँ जिबैके समय नहि अछि,
जिनका पुछियौ, समय नहि अछि ।
अपन खुशी बाँट’ के समय नहि
अपन दुःख बाँटै क समय नहि
घरमे आयल अपन अतिथि
सत्कारक बास्ते समय नहि अछि ।
लेकिन हमरा पुरा समय अछि
राति देर तक कम्प्युटर पर बैसबाके
नेट पर चैट करबा के समय अइ
फेसबुक के फेस सँ दोस्ती करबा के समय अछि
मेल आ फिमेल सँ
इमेल सँ विवाह करबाक समय अछि ।
एक दिन समय स्वयं आबि क’
पुछत हमरा अहाँ सँ
अहाँ समय के की केलउ
अहाँ के की भेटल –
नइ जिलउ, नई दोसर के जिबै देलउ
नइ हंसलउ नई हंसेलउ
नइ जीवनमे ककरो नोर पोछलउ
जीवन समाप्त भ जायत तइयो
कहब समय नहि अछि, सब कियो ।
हिन्दी र मैथिली भाषामा कलम चलाउन पोख्त कवयित्री करुणा झाले मैथिली र हिन्दी दुबै भाषामा करुण भाव भएका कविता वाचन गरी सत्यलाई सधैं अङ्गाल्नुपर्ने र आदर्श बचाएर रहनुपर्ने कुरामा जोड दिएकी थिइन् । ‘वंश’ शर्ीष्ाकको मैथिली भाषाको कवितामा कवयित्री झाले छोरा र छोरी बीच हुने भेदभावको समूल नष्ट हुनुपर्ने आशय व्यक्त गरेकी थिइन्-
बेटाके हाथमें होइत अछि, र्स्वर्गक चाबी,
बेटी त मायबापक गरके फाँसी ।
आबो एहन सोचके जुनि
अपना मोनमें लाबु नई ।
जानकी के अहि पावन भूमिक महिमा,
आँहा घटाबु नई ।
‘चेरीक गाछ’ शर्ीष्ाकको भावुक कवितामार्फ् कवयित्री साधना झाले समाजको वाह्य वातावरण हराभरा राखेमा मात्र आन्तरिक परिवेशमा शुद्धिकरण सम्भव हुने विचारलाई काव्यात्मक रूप प्रदान गरेकी थिइन्-
हे पृथ्वीके भार ! तुँ सभ एकबेर जाग,
हमसभ पर्यावरण खिसियाल छी ।
पलाष्टिकक प्रकोपसँ पीडित छी,
दुषित वातावरणके सिकार छी ।
अतः रचना वाचनका दृष्टिले मैथिली, नेपाली र हिन्दी त्रिभाषाको संगम थलो भएको उक्त साहित्यिक गोष्ठीमा आदिकवि भानुभक्त आचार्यको काव्यात्मक कर्मले नेपालीलाई एउटै छातामुनि बसाएको चर्चा भएको थियो । अझ उक्त कार्यक्रममा थारू र नेवारी भाषाका वक्तार्/र्सजक समेत उपस्थित भएका भए पनि रचना भने वाचन हुन सकेनन् । जे भए पनि ‘जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि’ भन्ने आहानले उक्त गोष्ठीमा र्सार्थकता भेटेको सहभागीहरूले अनुभव गरेका थिए । राजविराज -सप्तरी)लाई साहित्यको रेगिस्थान भन्दै आएको सिलसिलामा मासिक साहित्यिक कार्यक्रम हुने, सहभागी रचनाहरूको सङ्कलन गरी सङ्ग्रह प्रकाशन हुने र मैथिली, नेपाली, थारू र हिन्दी भाषाको बाहुल्यता स्विकारिने निर्ण्र्ााे रेगिस्थानको आम धारणामा परिवर्तन ल्याउने र यो क्षेत्र पनि साहित्यको हरियाली राजधानी बन्ने निश्चित छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
हालः- लिटिल फ्लावर उच्च मा. वि., राजविराज-९, सप्तरी ।

प्रतिक्रियाहरु