म आषाढ पन्ध्रलाई के भनु ? – मायाप्रसाद शर्मा पारसमणि

२०७० असार २५ गते, मंगलवार

असार १५ मेरो लागि अत्यन्त खुशी र अत्यन्त दुःखको दिन हो । यस मानेमा कि असाढ १५ मेरो जन्म भएको दिन । पाँचौ दर्शक जीवनका राम्रा नराम्रा मोडहरु ब्यहोरेको समय । अर्को २०५६ असाढ १५ करिब ३ वर्ष६ महिना पछि जन्मिएको मेरो प्यारो भाई इन्द्र पार्टी गठका हिसाबले सहयोद्धा जो तत्कालिन जाजरकोट जिल्लाको सचिवालय सदस्य थियो उसको मृत्य भएको दिन । हर्षर विस्मातको दोसादमा उभिएको असाढ १५ । मेरो जन्म दिन भाईको स्मृति दिन । कस्तो संयोग बन्न पुगेछ असाढ १५ ।
म त्यतिवेला सर्ुर्खेत दैलेखको सेक्रेटरी भएर काम गरिरहेको थिए । हामी अवलचिङ इलाका प्रहरी चौकी रेडको तालिम गर्दै थियाँै । थालारैकरको लेखमा । असाढ १५ गते गाउँको वडा.न.७ मा मेरो भाई सहित गाँउका ४ जना युवाहरु लोकेन्द्र, खिमवहादुर, गोपाल वस्नेत, चनाखे सार्कीलाई सुराकीको आधारमा तत्कालीन प्रहरीहरुले छानिछानी हत्या गरेका थिए । त्यो दुःखद खबर लिएर साहिलो भाई साकार र भाई अभय -शहिद) म भएको तिर आएका थिए । वर्ग दुश्मनसँग क्रोधका ज्वाला दन्किन थाले । अनायास आँखावाट वलिन्द्र आँसु वग्न थाले । त्यो खवर घरसम्म पुर्‍याउन निकै मुश्किल थियो । हाम्रो गाँउ तत्कालिन प्रहरी क्याम्पको दर्ुइवटा घेरामा थियो । गाँउ माथि पटाङ्ग्रीको टाकुरा र तल मटेला । एउटै वडामा २ वटा प्रहरी चौकिहरु राखिएको थियो । हामी पाँच भाई-वहिनी पार्टर्ीी पर्ूण्ाकालिन कार्यकर्ता थियो । घरको हेरचाह विवाह भएको दिदीले गर्नु भएको थियो । त्योर् इलाकामा पार्टर्ीीे काम गर्ने जिम्मा भाई रामदिपको थियो । उसलाई पनि पटक-पटक चर्को हिरासतमा यातना, जेलको मानसिक पिडाको लामो समय पछि छोडेको थियो । ऊ हाम्रो घरको सबैभन्दा कान्छो, करिव ५ दशकको उमेरमा आमाले ९ महिना आफनो गर्वमा राख्न नसकेर सातौ महिनामा नै जन्म दिनू भएको थियो । त्यो हाम्रो परिवारको सबैभन्दा प्यारो सन्तान हो । उ सानै देखि टाठो थियो । आफनो उमेरका सबै केटाकेटीहरुलाई जम्मा गरेर वाल संगठनका नाममा प्रशिक्षित पार्थ्याे । उसले रातो अक्षरले वडो मार्मिक भएर पत्र लेखे छ । दाजूको सहादतको खबरको रुपमा ।
सर्ुर्खेतको अवलचिङमा अषाढ २८ गते राती फौजी कारवाही भयो । आधा सफल आधा असफल । त्यहाँ ज्वाई वुद्धि चपाई लगाएत ४ जनाको सहादत भयो । वहिनीको विवाह भएको मात्र ५ महिना भएको थियो । फेरी अर्को पिडा थप भयो । त्यति वेला हामीसँग ठूलै आर्दश थियो । मृत्यलाई सहजै पचाउन सक्ने । दुःखकष्टलाई सामुहिक रुपमा हल गर्न सक्ने । ति सबै अत्यन्त थिए त्यतिखेर । हामीलाई थाहा थियो जनयुद्ध धेरै अप्ठयाराहरु र चुनौतीहरुले भरिएको हुनेछ । कस्तो विश्वास मृत्यु नजिकै आउदा पनि मुठ्ठी उठाएर अध्यक्ष क.प्रचण्ड भन्दै मृत्युवरण गर्ने । म त्यो दुबै वटा दुःखद खबर लिएर आमा बालाई भेटन गाँउघरतिर लागे । घरमा मध्यरात ढल्काएर जानु पर्थ्याे किन कि घरको वरपरका खोल्सा-खोल्सी र कान्लाहरुमा ड्यूटी हुन्थो बर्दिधारी साथीहरुको । हामी गाँऊमा जाने समय हाम्रा पनि गाउँका १० वर्षदेखि माथिका सबैले आफनै शैलीले ड्युटी गर्थे विरोधी गतिविधी बुझदै हामीसँग पुर्‍याउँथे ।
घरका सवै हामी भाई-बहिनीहरु घाम…… गर्दै श्रावने झरीलाई छिचोल्दै छिचोल्दै आँगनमा पुग्यौ । हाम्रो सँकेतिक भाषामा आमा-वा भएको ढोकामा संकेत गर्‍यौ । हत्नपत्त उहाहरु उठ्नु भयो । कतावाट आयौ दूश्मनले पिछा गरिरहेकोछ । सबैकिन संगै हिड्छौ – दुश्मनले सबैलाई एकै पटक मारे हामी कसरी बाचौला । आमाले बोल्न थाल्नुभयो । अरु परिवारका सदस्यहरु सहित हामी मकै वारीमा वनाएको खरको गोठ भित्र अध्यारोमा जम्मा भयौ । कस्ले कुरोको थालनी गर्ने आट कसैसंग थिएन । भर्ख १० वर्षपुगेकी भाई इन्द्रलालकी छोरी भतिजी मीनाले ठुलोवावा हाम्रो बुवालाई दुश्मनले मारेको हो र – अब हाम्रो बावा घरमा कहिलै आउनु हुँदैन, अब हामीलाई कस्ले माया गर्छ भनेर कुरा शुरु गरी । हामी भित्र गुम्सिएर रहेको धर्ैयताको बाँध भताभुङ्ग भयो । सबैले एक साथ आँसुका धारा वगायौ । सबैले धुसघुस गर्दै आधा घण्टा वित्यो होला । ठूलो श्वरमा रुने कुराको मनाही थियो । किनकी त्यो सि.आई.डी सुराकीहरुको घुमघाम बाक्लै हुन्थ्यो । मैले भने तिमीहरुलाई धेरै माया गर्नेछु । तिमीहरु ठूला हुँदासम्म सँगसँगै राखेर स्याहार सम्भार गर्नेछु । तिमीहरुलाई अपमान, तिरस्कार, अपहेलना हुन कक्तिपनि दिने छैन । त्यो कुरामा अपर्ूण्ाता रहन दिने छैन भन्दै गए ।….
हाम्रो बाबा अलि भाबुक मान्छे रुनसम्म रुनु भयो । आमाले भन्दै हुनुहुन्थ्यो मैले रुनमन लागेमा कसैले थाहा नपाउने गरी रोएकी छु । जति वेला पिडा हुन्छ त्यति बेला ओछ्यानमा पल्टिन्छु सिरक भित्र मुख ढाकेर आसु झार्छर्ुु पिडा पग्लिए पछि उढेर नाती नातीनीको स्याहार सुसारमा लाग्छु । म दुश्मन हास्ने गरी रुन्न । आमा भाईको पिडा मात्र होइन फेरी थप भएको छ बहिनीको पिडाको भारी । अस्ती अषार २८ गते वहिनी ममिताको पनि सिन्दुर पुछियो भन्ने कुरा राखे । कस्तो हरी विजोग । जतिसुकै पिडा थपिए पनि म पचाउन सक्छु तर तिमीहरुले भने युद्ध जितेर अवश्य आउनर्ुपर्छ । हामी एकसाथ भन्यौ हाम्रा नेता महान छन् । बीचमा हामीलाई कतै पनि भाग्ने छैनन भाग्ने छैनन ।
भाई इन्द्रको कान्छो छोरा अटल र मेरो छोरा अजीत १ महिनाले जेठो कान्छो हुन । अटल २ वर्षो नपुग्दै उसको बाबाले छोडेर गयो । लुकिछिपी कहिले काही मेरो परिवारसंग भेट हुँदा छोरासंग पनि भेट हुने भयो नै । झल्झली सम्झना आउथ्यो । म घरमा ज्यादा बाचेको भए उ पनि भेटन आउथ्यो होला भन्ने लाग्दथ्यो । आँखावाट एकथोपा आसु नझरी सुकै हुदैनथ्यो । जब अजीतले थाहा पाउने भयो त्यसले मसँग भेट्न नै छोड्यो । किन नभेटेकोभन्दा मत बावासँग भेट्ने तर अटलले को सँग भेटने भन्ने गर्दथ्यो । हामी ३घस्/४ घण्टा पुरै दुःख र पिडाको दहमा छट्पटिएर त्यहाँवाट उत्तरतीरको यात्रामा लाग्यौ । साउने झरी, कालो पलाष्टिकमा परेको पानीको पटपट आवाज, लठीको सहारा लिएर बा-आमा र परिवारका अन्य सदस्यहरु संगको दुःखद विदाई संगै निश्चित गरिएको सेल्टरमा पुग्यौ । मनमा भने बेचैनी रहेकै थियो ।
गाँउघर छरछिमेक चिनेजानेका सबैले भन्ने गर्दथे । असल मान्छे आँखामा राख्दा पनि कतै नविजाउने, प्रष्टवक्ता थियो । बैरीहरुले मारिदिएछन तिनिहरुको सत्यानास होस् भन्दथे । त्यो घरको खबर सुन्दा साना घरकी दिदी भए पनि ६० वर्षकर्टाई सक्नु भएको थियो । वहालाई सबैले छापामारकी आमा भन्ने गर्दथ्ये । उहाँलाई मैले मेरी आमाभन्दा बढी रोएको देखे । यि अनुभुती मेरा मात्र होइन महान् जनयुद्धको क्रममा ज-जस्का परिवारका सदस्यहरुले रगत बगाए । सहिद परिवार भनिएका सबै-सबैका वीच यस्तै-यस्तै पिडाहरु होलान । म पार्टर्ीींगठनको जिम्मा लिएर देशका धेरै भागमा घुम्ने मौका मिल्यो । करिब १४ वटा जिल्लाको त इर्न्चाज भएर कामै गरे । कतै संगठन भत्किएको खण्डमा मलाई पर्ठाईन्थ्यो । म खुसी हुँदै जान्थ्ये । अहिले मौका मिल्यो भन्थ्ये । पठ्ठर जमिन फाँडेर आवादी वनाउने काम हुन्थ्यो । पश्चिम नेपालका प्रायःजसो सबै फौजी तथा गैर फौजी कामहरु म्ा सहभागि नभएको थोरै थिए होला । सहिदहरुको दाहसंस्कार, र्घाईतेहरुको उपचार, जनमुक्ति सेनाहरुको व्यवस्थापनको निम्ती अग्र भागमै रहेर काम गरे । आफैले अवीर र माला लगाएर पर्ुण्ाकालिन गराउदै काममा खर्टाईएका, सगै बास बसेकासंगै हिडेका एउटै मोर्चामा लड्न पुगेका सयौ लासहरुको हसिया-हतौडा अंकित झण्डा ओडाएर सलाम ठोक्दै विदा गरे, सपथ खाए, प्रतिद्धता जनाए । त्यो पिडामा सामुहिकता थियो, हार्दिकता थियो । पिडा समान थियो, उर्जाशिल तागत थियो । मान्छेमा विश्वास जागेको खण्डमा जस्तो सुकै जे सुकै काम पनि फत्ते गर्दाेरहेछ ।
आज कतिपय मान्छेहरु भन्ने गर्छन, सहिद सबैका साझा सम्पति हुन । सहिदलाई निजी बनाउनु हँुदैन । वैचारीक राजनैतिक हिसावले त्यो कुरा सही हो । तर, व्यवहारीक रुपमा त्यो पटक्कै देखिदैन । बाबा आमा हुनेहरुका छोराछोरी र्टाईसुट, काला जुतामा ठल्कने पालिस दलेर राजधानीका महंगा विद्यालयहरुमा पढ्छन् । पटाउकिले हानेर कपडाको धुलो झार्दछन । नेता बुवा आमा ब्यानर टासेर बैध-अबैध धन्दाद्वारा करोडौका धनि भएका छन् । तर साझा सहिदका छोरा-छोरी गाँउका धुलाम्मे स्कुलहरुमा पढ्छन वा दिन कटाउछन । रोजगारी नपाएर भौतारिनु परेकोछ वा अरबका मुलुकहरुमा दिन धकेल्नु परेकोछ । आजसम्म कुनै पनि नेताले सहिदका छोराछोरीहरु के गर्दैछन, तिनीहरुको अवस्था कस्तो छ, केही समस्या परेकोछ कि भनेको मेरा कानले सुन्नु र आँखाले देख्नु परेकोछैन । बरु यिनीहरुको कुनै झन्झट ब्यहोर्नु पर्ने हो कि भनेर दशकोष टाडा भाग्ने गरेको देख्छु । छोराछोरी मात्र होइन, सहिदका आमा-बुवाहरु जस्ले आफ्नो सम्पर्ूण्ा परिवार, आफ्नो पर्ुखैली सम्पति पार्टर्ीी लगाए । आधा संख्यामा सहिद भए, आधा संख्या पार्टर्ीी छन त्यो विरामी पर्दा समेत एक शब्द सोध्न नसक्नेहरुले साझा अधिकारको वान्ता गर्नु ढ्वाङ सिबाय अरु केही होइन । जस्को मर्‍यो उसैलाई पर्‍यो भन्ने वाहेक केही होइन । आज एकथरीको जनवाद आईसक्यो । जनयुद्धमा हरेक कुरा साझा थियो । खाने, बस्ने, लगाउने, हिडने, घुम्ने सुख-दुख सबै साझा । आँसु सबैका साझा थिए । जीवनमा उर्जा, हासो, सपना सबैका समान थिए । पर्ुव, मध्य वा पश्चिम, हिमाल, पहाड, तर्राई वा मधेस जहाँ भए पनि आफ्नो कमरेड डल्दा आँसु सबैका र्झदथे । सामुहिक दाह-सस्ंकार गरिन्थ्यो । सामुहिक रुपमा शिर निहुराएर श्रदान्जली गरिन्थ्यो । आज त्यो संकृति, संस्कार फेरिएकोछ । सबै ब्यक्तिगत भएकोछ । छुवाछुतको नयाँ ढंगले विकास भएकोछ । नेताहरुले नै मेरा आमा-बुवाले मान्दैनन भन्दै दशै-तिहार, चाडर्-पर्व बिवाह, पुजाआजाका नाममा लाखौ-लाख खर्च गरेर आफ्नो लुटको औकात देखाउने होडबाजी चलेकोछ । जनयुद्धका क्रममा दशकोश टाडा भाग्नेहरु आफन्तहरु संगै वसेर मोज मस्तीका साथ टिका-टाला पैरन्ा जान्छन घरतिर । सादा जीवन उच्च विचार भत्किएको छ । भट्कालो जीवन नीच बिचारको आदर्शमा परिवर्तन भएकोछ ।
अर्कोतिर मसँग साउदीअरवका कतार मलेसिया तीर पर्ठाई दिनु पर्‍यो भनेर कोठामा धाउने जनमुक्ति सेनाका सदस्यहरु, राज्य कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु र झोलामा र्सर्टर्ीीmकेट कोचेर जागिरका लागि भौतारी रहेका युवाहरुको अबस्था देख्दा निकै पिडा हुन्छ । जनयुद्धमा दुःखकष्ट गर्ने नेताहरुको आर्दश वाक्य पकडेर वा उनीहरुकै सुरक्षाको लागि मर्न तयार हुनेहरु संगको नाता सम्बन्ध तोडिएकोछ । नयाँ-नयाँसँग समधुर सम्बन्ध मौलाई रहेकोछ । हिजो क्रान्तिकोे सपना बाँडेर १० आँै हजारको वलिदानमा होम्नेहरु अब क्रान्ति गर्न सकिदैन । यो नयाँ पिढीको जिम्मा लगाउदै आर्थिक क्रान्तिका नाममा लुट मच्चाई रहेकाछन । मनपरेनपरी एकाथरी त्यसैमा घिर्सिरहेका छन् । आफूले कतै दुःख गर्नु पर्छ कि भनेर महान वलिदान, त्याग, तपस्याको आर्दशमा कालो पोत्दै फजुल आरोप लगाएर भाग्न खोजिरहेका छन कि भन्ने भानहुन्छ ।
विचार, राजनीति, अर्थनीति र जीवन ब्यवहारलाई विभाजन गरेर हर्ेर्नु भन्दा यिनी एउटै ढुगामा सवार यात्री हुन । जस्तो विचार उस्तै राजनीति, जस्तो राजनीति, उस्तै अर्थनीति त्यसको जगमा गरिने ब्यबहार हो जस्तो लाग्छ । अमुख मान्छेको विचार त राम्रो हो । तर त्यसको प्रयोग गर्ने ब्यबहार ठिक छैन भन्ने बुझाई सही होईन । हिजोको महान जनयुद्धको पार्टी दुइ भागमा विभाजन भएकोछ । एकथरी साथीहरु ज्ासले जनयुद्धमा वर्गको रगतआई महिलाहरुको महिनावारी भएको रगतसंग तुलना गर्नु हुन्थ्यो । उहाँहरुको संगत त्यही ठाँउमा पुगेकोछ । अबश्य पनि माओवादी काँग्रेस एमाले जस्तो पार्टी होइन । यो पार्टी निर्माणदेखि नेताहरुलाई टोपी खस्ने महलहरुमा सवार गराउँदासम्म धेरैले रगत, आँसु र पसिनाको खर्च गरेका छन् । तिनीहरुलाई होच्याउने र अपमान गर्नु हुदैनथ्यो । हामीले हिजो पार्टी परिवारका सम्पूर्ण सदस्यहरुको योगदान, दर्जनौको वलिदान र लाखौको सम्पत्तिदानका वारेमा रतिभर पनि पश्चाताप छैन । त्यो लगानीले कम्सेकम राजतन्त्र ढल्यो । गणतन्त्र आयो । थोरै भए पनि गरिब जनताहरुले आफ्नो कुरा राख्न पाउने हैसियत बनाए । दुःखको कुरा यो हो क्रान्ति भड्कालोमा जाकियो भन्ने । दुःख गर्नेहरु अपमानित भइरहेका छन् । आँखा घुमाउनेहरु, लोभको र्‍याल चुहाउनेहरु नेताहरुको वरपर घुम्फीर गर्नेहरुको चुलिएको धन सम्पत्ति, गरिएको आडम्बर, विलासिताको जिन्दगी देख्दा निकै पिडा हुन्छ । हामी साँचो अर्थमा हिजो गरिब निमुखा जनताको पक्षमा लडेको हो कि २/४ जनाको जनवादका लागि लडेको हो । यो सबैले बुझनु पर्ने कुरा हो जस्तो लाग्छ । साँचो कुरा के हो भने कुनै पनि प्राणी शारिरीक रुपले अजम्मरी कहिलै हुँदैन । तर त्यसले अंगाल्ने गरेको विचार, हिँडने गरेको वाटो, प्रयोग गर्ने गरेको जीवन ब्यवहारलाई अपनाउनु पर्छ होला । महान जनयुद्धका क्रममा १० आँै हजार भन्दा बढी नेपाली आमाका र्सबात्तम छोराछोरीहरुको रगत वगेको छ । त्यही क्रान्तिकारी आर्दशको जगमा उभिएर महान जनयुद्धको बाँकी अबिभारा पुरा गर्न नयाँ अठोट चाहिएको छ । यो नै महान सहिदहरु प्रतिको सच्चा सम्मान हो । साझा अठोट पनि यही हो । -लेखक : नेकपा-माओवादीका केन्द्रीय सदस्य हुन्

प्रतिक्रियाहरु