मंसीर ४ को चुनाव र माओवादी रणनीति – भरत बम रणवीर

२०७० असार २५ गते, मंगलवार

पोखरामा हालै सम्पन्न भएको नेकपा-माओवादीको दोस्रो पर्ुण्ा वैठकले मंसीर ४ को निर्वाचनको सकृय,सशक्त र सशस्त्र वहिस्कार गर्ने निर्णय गरेको छ । यो शाहासिक निर्णय गरेर माओवादीले आत्मर्समर्पण होइन कि संर्घष्ाको वाटो रोज्ने स्पष्ट संकेत दिएको छ । यो माओवादी निर्णय वावजुद पनि के मंसीर ४ मा चुनाव होला ? वा चुनावको आवरणमा अर्को नयाँ युद्ध होला ?र्सवत्र जिज्ञासा र चासो छ । त्यसैले यो चुनावको सकृय,सशक्त र सशस्त्र वहिस्कार किन, के का लागि कसरी गरिनेछ – संक्षिप्त टिप्पणी गर्न जरुरी छ ।
कम्तिमा सवै नेपालीहरुलाई राम्ररी के थाहा छ भने आगामी मंसीर ४ मा हुने भनिएको संविधानसभाको चुनाव सामान्य नियमित चुनाव होइन वरु यो त विशिष्ट र विषेश प्रकारको चुनाव हो । किनभने नेपालमा एक पटक संविधानसभाको चुनाव भएर त्यो असफल भएकोछ, । यो असफलताको समिक्षा गर्न किन कोहि तयार छैनन – यो दोस्रो संविधानसभाको चुनाव १२ वुँदे समझदारी र विस्तृत शान्ति संम्झौताद्धारा तय भएको राजनैतिक कोर्षै निरन्तरता हो वा नयाँ राजनैतिक कोर्षहो – किन कोहि स्पष्ट भनिरहेका छैनन – हाम्रो विश्लेषण र प्रश्न छकि यो पुरानै राजनैतिक कोर्षो निरन्तरता हो भने वास्तविक माओवादीलाई वाहिर राखेर त्यो कसरी संम्भव छ – अनि पुरानो कोर्षो अपर्ुण्ाता र कमजोरी के हो – जसले मुल उदेश्य नै हाँसील नगरि असफल भयो । यो असफलताको समिक्षा नै नगरी किन दोस्रो संविधानसभाको चुनाव – यो दोस्रो संविधानसभा सफल हुने सुत्र के छ – यदि होईन यो संसदीय माओवादीसहितको नयाँ राजनैतिक कोर्षहो र यसमा वास्तविक माओवादीलाई मुल प्रतिपक्ष वा चुनौती करार गरेर सके उसलाई संसोधनवादी माओवादीको लाईनमा ल्याउने नभए राज्यशक्तिको प्रयोग गरेर ठेगान लगाउने सार अर्न्तनिहित छ भने त्यो कोर्षा माओवादी किन प्रवेश गर्ने – वरु आफनो ताकतले भ्याएसम्म त्यसलाई ध्वंस गर्नु नै उसको कर्तव्य हुदैन र – त्यसैले माओावादीको विश्वाश के हो भने यदि यो पुरानो राजनैतिक कोर्षो निरन्तरता हो भने त्यसमा माओवादीलाई सहभागी गर्राईनेछ । त्यसको लागि न्युनतम र्सत मंसीर ४ को चुनाव स्थगीत गर्नुपर्नेछ र सवै राजनैतिक शक्तिहरु पुरानो संविधानसभा असफलताको समिक्षा गर्न तयार हुुनेछन । ताकि फेरी चुनाव पनि होस र जनताको संविधान दिने सुनिश्चितता पनि होस । होईन यो नयाँ राजनैतिक कोर्षो चुनाव हो र संसदीय राजनैतिक पार्टर्ीी नेताहरुको असफलता र असंक्षमताको परिणामस्वरुप हुन लागेको विशिष्ट र विषेश प्रकारको चुनाव हो भने माओवादीलाई पुरानै आत्मर्समर्पणवादी लाईनमा लीने प्रयास गरिनेछ र यसको निम्ति फकाउने नीति अख्तियार गरिनेछ तर पोखरा वैठकले आत्मर्समर्पण होइन संर्घष्ा गर्ने नीति पास गरिसकेकोले माओवादीलाई चुनावको आवरणमा राज्य शक्तिको प्रयोग गरेर दमन गरिनेछ र यो दमनको प्रतिवाद अनिवार्य हुनेछ । यसरी चुनावको आवरणमा नेपालमा नयाँ युद्धको शुरुवात हुनेछ । त्यसैले २ वटै कोर्षाट हर्ेदा मंसीर ४ मा चुनाव हुदैन र यी २ वटै विकल्पमा खुला रहने माओवादी पोखरा वैठकले तय गरेको रणनीति हो ।
नेकपा-माओवादी पार्टी चुनावको वहिस्कार किन गर्दैछ – माथी गरिएको विश्लेषणवाट स्पष्ट हुन्छ । साथै वहिस्कार केका लागि भन्ने प्रश्नको उत्तर पनि उपरोक्त विश्लेषणमा नै गैसकेकोछ । तैपनि पार्टी स्पष्ट लक्ष्य र उदेश्यसहित वहिस्कारको नीति लीएको हो । वहिस्कार आन्दोलनको न्युनतम लक्ष्य जनसंविधानको सुनिश्चितता हो र अधिकतम लक्ष्य जनवादी क्रान्ति हो । पहिलो, वर्तमान सरकार र सरकार समर्थीत शक्तिहरु यदि वार्ता,संम्वाद र सहमतीको मार्गवाट विद्यमान राजनैतिक समस्याको सामाधान चाहान्छन भने उनिहरु पार्टीको यो नीतिको कारण पुरानो संविधानसभा असफलताको समिक्षा गरेर जनताको संविधान दिन तयार हुनेछन । कम्तिमा नयाँ संविधानका अर्न्तवस्तुमा पूर्व सहमती कायम गर्नेछन । दोस्रो, यदि उनिहरु दमनद्धारा माओवादी समस्यालाई हल गर्ने वाटो लीन्छन भने यसवाट माओवादीलाई अधुरो जनवादी क्रान्तिलाई पूर्णता दिने वाटो खुल्नेछ । अवको जनवादी क्रान्ति राष्ट्रिय मुक्ति युद्धको माध्यमवाट सम्पन्न हुनेछ । अव यहाँ मुख्यत सकृय र सशक्त वहिस्कार कसरी – भन्ने हो । वहिस्कार आन्दोलनलाई सफल पार्न र मंसीर ४ को चुनावलाई असफल वनाउन माओवादीले आफनो सम्पूर्ण शक्तिलाई संगठित रुपमा परिचालन गर्नेछ । जनयुद्ध र पहिलो संविधानसभाको माओवादीको जनआधारलाई आजको आवश्यक्तामा क्रान्तिका तीन जादुगरी हतियार पार्टी सेना र संयुक्त मोर्चामा संगठित गरेर परिचालीत गरिनेछ । निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर शक्ति विन्यास गरिनेछ । पार्टर्ीीे नेतृत्वदायी भुमिका र जनता तथा मतदाताको भुमिकालाई प्रभावकारी र सशक्त वनाईनेछ र युवालाई भने सहयोगी भुमिकामा राखिनेछ । तर क्रमश राज्यले फौजको सहारा लीदै जादा स्वत युवाहरुको भुमिका सशक्त र सशस्त्र वन्दै जानेछ र यसरी नयाँ जनमुक्ति सेनाको जन्म हुनेछ । संम्भवत संसारमा र नेपालमा पनि नयाँ पार्टी बनाउदा कार्यकर्ता र जनता अनि नेताको अभाव हुदो हो तर नेकपा-माओवादीलाई यसको अभाव छैन वरु कहाँ, कति र कसरी परिचालीत गर्ने भन्ने समस्या रहेकोछ । सरकारले चुनाव घोषणा गर्दिएर माओवादी सुदृढ हुने र अधुरो क्रान्तिलाई अगाडी वढाउने राम्रो अवसर मिलाई दिएको छ । अन्तरविरोधको पहिचान र परिचालन गर्ने ठोस आधार दिएको छ । पहिलो चरणमा वहिस्कार आन्दोलन धक्कामुलक ढंगले साउन १० गतेवाट शुरु हुनेछ र प्रचारात्मक रुपमा अघि वढनेछ । जहाँ मंसीर ४ को चुनावको आवश्यक्ता र औचित्य नभएको स्पष्ट पारिनेछ भने दोस्रो र तेस्रो चरणमा ठोस लक्ष्य र निशानाको निर्धारण गरेर कृयात्मक संर्घष्ालाई अगाढी वर्ढाईनेछ । वहिस्कार आन्दोलनका मुख्य निशाना वैदेशिक दलाल र भ्रस्ट तत्व हुनेछन । अहिलेको चुनावको दौडान सवैले वन्दुकको प्रयोग गर्नेछन र वन्दुकको प्रयोग सामान्य जस्तै हुनेछ ।
चुनाव लोकतन्त्रको एक अनिवार्य तत्व हो । त्यसैले आज चुनावको विरोध लोकतन्त्रकै विरोध हो भनेर भनिदैछ । तर वास्तवका चुनाव निरपेक्ष लोकतान्त्रीक विधि होईन र हुन सक्दैन । त्यो समय,सत्ता,शाषक र वर्ग सापेक्ष हुन्छ । माओवादीको विश्लेषणमा लोकतन्त्र र राष्ट्रियता अन्तरसंम्वन्धित छन तर आज नेपालमा लोकतन्त्र भन्दापनि राष्ट्रिय स्वाधिनता र र्सार्वभौमीकताको समस्या जटिल वन्दै गएको छ । त्यसैले मंसीर ४ मा हुने संविधानसभाको चुनावले नेपाललाई सिक्किमिकरण गर्ने खत्तरा छ । खासमा त्यो संविधानसभा नभएर लेन्डुपेहरुको प्रतिनिधित्व भएको दलालसभा हुने संम्भावना पनि छ । साथै संविधासभाको प्रगतीशील चरित्र पनि गुमीसकेको छ । किनकि तत्कालीन जनयुद्ध र जनआन्दोलनवाट पैदा भएको शक्ति सन्तुलनमा धेरै हेरफेर आएको छ । त्यसैले मंसीर ४ को चुनावले सिक्किमिकरण र प्रतिक्रान्तिको प्रकृयालाई पर्ुण्ाता दिने भएकोले त्यसको विरोध र असफलतामा नै देश, जनता र क्रान्तिको हित अर्न्तनिहित हुने हुनाले त्यसलाई आफनो सम्पूर्ण शक्ति लगाएर असफल पार्ने माआवादी रणनीति रहेकोमा अव कुनै शंका छैन । तर माओवादीको यो रणनीतिलाई कमजोर पार्न आज राष्ट्रिय आत्मर्समर्पणवादीद्धारा सम्पूर्ण तरिका अपनाईएको छ र उनिहरुले आफनो राजनैतिक दिवालीयापन संर्घष्ाको अराजनैतिक तरिका अपनाएर दिएका छन । जसले माओवादी रणनीतिलाई अझ सवल वनाउन सहयोग गर्नेछ । – लेखक नेकपा-माओवादीको केन्द्रिय सदस्य हुन् ।

प्रतिक्रियाहरु