सरकार र चार दलभित्र हाहाकार – राजेन्द्र चिमौरिया

२०७० असार २३ गते, आईतवार

नेकपा-माओवादीको पोखरामा बसेको चार दिनको पूण्बैठकले आगामी मंसिर ४ गते गर्ने भनिएको संविधानसभाको पुनर्निर्वाचन प्रतिगमनस्वरूप हुने भएको सशक्त र सक्रिय बहिष्कार गर्ने निर्ण् गरेको छ । चैत १ गतेयता भएका प्रतिगमनहरू नमच्चाई निर्वाचनको कुरा गर्नु नौटंकी मात्र भएको माओवादीले ठहर गरेको छ । दस वर्षो जनयुद्ध, १९ दिने जनआन्दोलन लोकतन्त्रको सामान्य सिद्धान्तको समेत उपहास गर्दै बनेको प्रधानन्यायाधीश नेतृत्वको सरकारले गराउने निर्वाचन आमलोकतन्त्रवादी दलहरूलाई अस्वीकार्य हुने आवाज बुलन्द भइरहेकै समयमा माओवादीले आफ्नो स्पष्ट अडान बैठकबाट प्रस्तुत गरेपछि देशको राजनीतिमा छुट्टै माहौल बनेको छ । वर्तमान सरकारको खारेजी, ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउफुकाउलगायतका विषयलाई नसच्याएसम्म वार्तामा पनि नबस्ने र निर्वाचनलाई पनि सशक्त र सक्रिय बहिष्कार गर्ने माओवादीको निर्ण्रेले अहिले प्रतिगमनबाट बनेको सरकार र प्रधानन्यायाधीशलाई खेतालो बनाएर सरकारमा पुर्याउने चार दलभित्र हाहाकार मच्चिएको छ ।
दस वर्षो जनयुद्ध लडेर आएको परिवर्तनबाहक असली शक्तिलाई बाईपास गरेर निर्वाचन गर्न नहुने आवाज अहिले आमस्वाभिमानी नागरिकले उठाउन थालिसकेका छन् । माओवादीलगायतका अन्य दलहरूलाई बाईपास गरेर जबर्जस्ती निर्वाचनको कुरा गर्नु देशमा पुनः युद्ध निम्त्याउनु हो भन्दै नागरिक समाज, बुद्धिजीवीवर्गलगायत सचेत नेपाली जनताले आवाज चर्काउन थालेपछि सरकार र चार दलको होसहवास उडेको छ । माओवादीको स्पष्ट अडानपछि अहिले सरकार र चार दल माओवादीलाई निर्वाचन मनाउन मरिहत्ते गर्न थालेका छन् । उनीहरू अहिले प्रत्यक्ष र परोक्षरूपमा माओवादीको धारणामा थोरै भए पनि परिवर्तन गरेर माओवादीलाई मनाएर मंसिरमा निर्वाचन गराउन सकिन्छ भन्ने झिनो आशा पालेर माओवादी नेता र पार्ट ार्यालयमा धाउन थालेका छन् । देश र जनताप्रति जिम्मेवार माओवादीले यो प्रतिगमनबाट बनेको सरकार र राष्ट्रघाती, जनघाती निर्ण्र्ाा गर्ने चार दलको अरण्यरोदन सुन्ने कहीँ, कतैबाट पनि छाँटकाँट देखिँदैन । माओवादीको पूण् बैठकले देश र जनताप्रति जवाफदेही हुँदै लिएको निर्वाचन बहिष्कारको निर्ण आयु स्वाभिमानी र राष्ट्रवादी नागरिकहरूमा उत्साह पलाएको छ भने सरकार र चार दलभित्र हाहाकार मच्चिएको छ ।

प्रतिक्रियाहरु